उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

भक्तपुर, ५ मंसिर ।  भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ । आज प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गर्नु भएको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिनुभयो ।



from Rajdhani Daily https://ift.tt/2qYVrtG

No comments:

Post a Comment

Post Bottom Ad

Pages