गाउँपालिका अध्यक्षको तलब मृगौला पीडितलाई सहयाेग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

गाउँपालिका अध्यक्षको तलब मृगौला पीडितलाई सहयाेग

अछामको बान्निगडी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले आफ्नो तलब वापत पाएका रकम मृगौला पीडितलाई सहयोग गरेका छन् । उनले ५० हजार रुपैयाँ पीडितलाई सहयोग गरेका हुन् ।

जिल्लाको मंगलसेन नगरपालिका ९ का श्याम रावलको दुवै मृगौलाले काम गर्न छाडेपछि उनी दुई वर्षदेखि काठमाडौंको काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदै आएका छन् ।

रावलको एउटा मृगौलाको उपचार भइसकेको छ भने अर्को मृगौलाको उपचारको लागि १५ लाख खर्च लाग्ने उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका रावलले सहयोग गरेर आफ्नो ज्यान बचाइदिन अन्य निकायलाईसमेत आग्रह गरेका छन् ।

सहयोग उपलव्ध गराएका अध्यक्ष खड्काले पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्रमा आफुले तलब नखाने घोषणा गरे अनुसार पीडितलाई सहयोग उपलव्ध गरेको बताए ।

उनले आफ्नो कार्यकालमा पाउने तलबको सबै रकम अपांग, असहाय, टुहुरा र समस्यामा परेकाहरुको खर्चिने बताए ।

मृगौला पीडित रावलले आफ्नो समस्यासहित गाउँपालिकामा निवेदन दिएपछि अध्यक्ष खड्काको पहलमा कार्यालयको सम्बन्धित शीर्षकबाट अन्य २५ हजार पनि उपलव्ध गराउने भएका छन् ।

The post गाउँपालिका अध्यक्षको तलब मृगौला पीडितलाई सहयाेग appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2BrggnT

No comments:

Post a Comment

Post Bottom Ad

Pages