नगरप्रमुखद्वारा आफ्नो तलब भत्ता विद्यालयलाई सहयोग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

नगरप्रमुखद्वारा आफ्नो तलब भत्ता विद्यालयलाई सहयोग

बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले गुणस्तरीय शिक्षाको लागि आफ्नो तलब भत्ताबाट केही रकम विद्यालयलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भए बापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका हुन् ।

नगरप्रमुख क्षेत्रीले मधुवन नगरपालिका-१ सुर्यपटुवा अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयलाई ३ महिनाको तलब एक लाख पाँच हजार सहयोग गरेका हुन् । होटल व्यवस्थापन कक्षा संचालन र भौतिक पुर्वधार बिकासका लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सवमा उनले सो रकम सहयोग गरेका हुन् ।

उनी भन्छन् ‘यहाँबाट नै आफ्नो सामाजिक कार्यको सुरुवात गरेको छु ।’ क्षेत्रीले यस अघि १ महिना बराबरको तलब बिरामीको उपचारका लागि खर्च गरेका थिए ।

प्रत्येक वडामा प्रबिधिक कक्षा संचालनार्थ र भौतिक अवस्था कमजोर रहेका विद्यालयलाई सहयोग गर्ने उद्देश्य लिएको बताउँदै क्षेत्रीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए । गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उनले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए ।

The post नगरप्रमुखद्वारा आफ्नो तलब भत्ता विद्यालयलाई सहयोग appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2KpYMej

No comments:

Post a Comment

Post Bottom Ad

Pages