नदीको उत्तर र दक्षिणतर्फ तटबन्धनपछि नदीले ओगटेको करिब ४ सय बिघा जमिन निस्किने
देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा तटबन्ध निर्माणले गति लिएको छ । समयमा बजेट निकासा नहुँदा र स्थानीयसँगको विवादका कारण आयोजना स्वीकृत भएको एक वर्षसम्म काम सुरु हुन सकेको थिएन । स्थानीयसँग सहमति भएपछि बिहीबार तटबन्ध निर्माणले गति लिएको हो ।
राप्ती नदीमा तटबन्ध नबन्दा सयौँ बिघा जमिन कटान भइसकेको थियो । यो क्रम नरोकिएपछि स्थानीयले तटबन्ध निर्माणका लागि दबाब दिँदै आएका थिए । स्थानीयको दबाबलाई सम्बोधन गर्दै सरकारले मुख्य क्षेत्रमा तटबन्धन निर्माण गर्न आयोजना स्वीकृत गरेको थियो । आयोजना स्वीकृत भए पनि विभिन्न समस्याका कारण एक वर्ष ढिला काम सुरु भएको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर आरसी चौधरीले जानकारी दिए ।
२६ करोड विनियोजन
राप्ती नदीको उत्तर र दक्षिणतर्फ तटबन्धन निर्माणका लागि कुल २६ करोड २९ लाख ४० हजार बजेट विनियोजन भएको इन्जिनियर चौधरीले जानकारी दिए । उनका अनुसार राप्ती नदीको दक्षिण किनारमा तटबन्ध गर्ने जिम्मा सूर्य वाइवा कन्स् ट्रक्सनले पाएको छ । सो कन्स्ट्क्सनले तटबन्ध निर्माण बिहीबारबाट सुरु गरे को छ ।
डे ढ किलो मिटर तटबन्ध गर्न ११ करो ड ३८ लाख ६९ हजार नौ सय ३८ रुपैयाँ ठेक्का सम्झौ ता भएको छ । यस्तै, नदीको उत्तरतर्फ दुई किलोमिटर तटबन्ध गर्न गौ री पार्वती को सी एन्ड न्यौ पाने सञ्जवनी जे भीले ठेक्का पाएको छ । १४ करो ड ९१ लाख सात हजार ७८ रुपैयाँ ठे क्का सम्झौ ता भएको र काम गर्न ठेकेदार कम्पनीलाई पत्र काटिएको कार्यालयले जनाएको छ ।
चार सय बिघा जमिन निस्किने
राप्ती नदीको उतर र दक्षिणतर्फ तटबन्धन गर्दा हाल नदीले ओगटेको करिब ४ सय बिघा जमिन निस्किने आयोजनाले जानकारी दिएको छ । कुल साढे ३ किलोमिटर तटबन्धन गर्दा चार सय बिघा जमिन उकास हुने इन्जिनियर चौधरीले जानकारी दिए । हाल व्यक्तिगत जग्गा नदीले कटान गरे पछि गाउँ नै विस् थापित भएर अन्यत्र बसाइँ सरे का छन् । पुर्जावाला जग्गा बगरमा परिणत भए पनि जग्गाधनीले मालपो त तिर्दै आएका छन् । नदीको दक्षिणतर्फ एक सय ४५ बिघा र नदीको उत्तरतर्फ दुई सय ५५ बिघा जमिन उकास हुने इन्जिनियर चौ धरीले बताए ।
The post राप्ती नदी तटबन्धनले गति लियो appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Br3ENl

No comments:
Post a Comment