भारतीय केन्द्रीय बैंकमाथि आक्रमण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

भारतीय केन्द्रीय बैंकमाथि आक्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)माथि एक राजनीतिक हमलाको सुरुवात गरेको छ र आलोचनाका बाधाहरू पहिल्यै नै संस्थामाथि हाबी भएको छ । आरबिआईको विश्वसनीयता र प्रभावकारिताले बृहत् अर्थतन्त्र र वित्तीय स्थायित्वमा लगातार योगदान दिइरहेका कारण यो भारतका लागि चेतावनीको घन्टी पनि हुन सक्छ र यसले आगामी वर्षहरूमा भारतको कुल गार्हस्थ उत्पादनमा भइरहेको तीव्र वृद्घिदरलाई कायम नै राख्न सहयोग गर्छ ।

आरबिआईको विरोधमा गरिएको प्रमुख आलोचना भारतका लागि कुनै नौलो होइन । सरकारले दाबी गरेअनुसार केन्द्रीय बैंकले अत्यधिक मुद्रास्फीति र वित्तीय अस्थिरताको डरको नाममा ब्याजदर बढाएर आर्थिक वृद्घिमा बाधा निम्त्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)विरुद्ध गुनासो पोखेका थिए । ब्याजदर वृद्घिले आर्थिक वृद्घि र अमेरिकी सेयर बजारलाई चोट पुर्‍याइरहेको उनको आरोप थियो ।

तर, कानुनी रूपमा स्वतन्त्र नभएका कारण यी आक्रमणका जोखिम आरबिआईका लागि फेडले सामना गरेजस्तै नहुन सक्छ । मोदी सरकारले इतिहासमै पहिलोपल्ट आरबिआई ऐनको सेक्सन ७ कार्यान्वयनमा ल्यायो जसले जनहितका लागि सरकारले केन्द्रीय बैंक गभर्नरलाई सीधै निर्देशन जारी गर्ने अनुमति दियो । यसले परिस्थितिलाई अझ खराब बनायो ।

मोदी सरकारको यति विस्तारमा अघि बढ्ने चाहनाले यसमा ब्याजदर मात्रै नभई अन्य कुरा पनि दाउमा लागेको संकेत दिएको छ । आरबिआईले भारतका अधिकांश बैंक ‘क्लिन अप’ गर्ने उपायसँग सरकार त्यति सन्तुष्ट छैन । यी बैंकमध्ये अधिकांश बैंक ठूलो परिमाणको खराब कर्जाको बोझले थलिएका छन् र वित्तीय प्रणालीको अन्य भागमा जोखिमको निर्माणलाई रोकेको छ । यी उपायहरूले राजनीतिक सम्बन्ध जोडिएका क्लाइन्टहरूलाई ऋण दिने राज्य नियन्त्रित बैंकको क्षमतालाई पनि निचोरिरहेको छ ।

पक्कै पनि सरकार आफैँ अगाडि आएर यस्तो भन्न सक्दैन । त्यसैले बरु मोदी प्रशासन र विशेषगरी भारतीय अर्थमन्त्री अरुण जेट्लीले विश्वव्यापी वित्तीय संकटको सामना गर्न सहयोग पु¥याउने क्रेडिट खोलिसकेको खुलासा गरेपछि बैंकिङ प्रणालीमा खराब ऋण संकलनको रोकथाम कार्यमा आरबिआईलाई लगाएका छन् ।

आरबिआईले सरकारलाई मौद्रिक नीतिगत कदमबारे अन्धकारमा राख्दै उचित प्रक्रियालाई घटाएको आरोप पनि लगाएको छ । यो आलोचना सबैभन्दा उत्कृष्ट छ । खराब परिस्थितिमा यसले राजनीतिक रूपमा प्रेरित कर्जा प्रवाहभन्दा सबैभन्दा अत्यावश्यक बैंकिङ क्षेत्रको सुधार र उत्पादकत्व सुनिश्चित पार्नेजस्ता कदममाथि रोक लगाउन सक्छ । यस्ता परिणामले वित्तीय जोखिमलाई उचाइमा पुर्‍याउँछ र आर्थिक वृद्घिको सम्भावनालाई पनि खतरामा पारिदिन्छ ।

आरबिआई गभर्नर उर्जित पटेलले सरकारी माग पूरा गर्न अस्वीकार गरेका छन् । यसले पटेल र उनका पदाधिकारीहरू आ–आफ्ना पूर्ववर्ती अधिकारीजस्तै आर्थिक र राजनीतिक क्षेत्रबाट वार्ता गर्न अनुभवी बनेको आरबिआईको महान्ता र स्वतन्त्रतालाई सहयोग गर्छ । तर, यदि सरकारले आरबिआईलाई विभिन्न पक्षबाट आक्रमण गरी नै राख्यो भने प्रभावकारी मौद्रिक नीति निर्माण गर्न सम्भव छैन । र, यी आक्रमणमा पटेललाई गभर्नर पदबाट निष्कासित गर्ने कुरा पनि पर्‍यो भने भारतको एक मात्र सम्मानित टेक्नोक्र्याटिक संस्था आरबिआईमाथि ठूलो झट्का लाग्नेछ ।

आजकाल केन्द्रीय बैंकको स्वतन्त्रता एक पागलपनजस्तै बनिसकेको छ । तर, केन्द्रीय बैंकले राजनीतिक समर्थन नभएको लक्ष्य लिन्छ भने उसको वैधतामा हानि पुग्छ । राजनीतिक अधिकारीहरूसँगको छलफलमा आफ्ना लक्ष्यको कार्यान्वयनमा कुनै हस्तक्षेप नभईकन अर्थात् केन्द्रीय बैंकले स्वतन्त्र रूपमा सञ्चालन हुने अवस्था गुमाउँदा पनि उसको क्रेडिबिलिटीलाई क्षति पुग्छ ।

हालै टर्कीमा भएको घटनालाई उदाहरणका रूपमा लिऔँ । राष्ट्रपति रेसेप तेयइप इर्डोगनले केन्द्रीय बैंकको स्वतन्त्रतामाथि आक्रमण गर्दा टर्किस मुद्रा लिराको भाउ ओरालो लाग्यो । केन्द्रीय बैंकले इर्डोगनको कदमको सामना गर्न ब्याजदर त बढायो, तर त्यतिवेला ढिलो भइसकेको थियो, बैंकको क्रेडिबिलिटी चकनाचुर भइसकेको थियो ।

आरबिआईको यस्तो अवस्था आउँदैन भनेर मोदी सरकार सुनिश्चित गर्न चाहन्छ । जे भए पनि आन्तरिक र बाहिरी वातावरण कठिन बन्दा सरकारलाई योजना बनाउन सहयोग गर्ने नीतिको कार्यान्वयनमा केन्द्रीय बैंकको क्रेडिबिलिटीको महत्वपूर्ण भूमिका रहन्छ ।  एउटा कुराका लागि आरबिआईले भारतीय रुपियाँ (मुद्रा)को भाउ थप कमजोर हुनबाट जोगाएको छ, जसले गर्दा पुँजी प्रवाह र मुद्राको अवमूल्यनको एक दुष्चक्र परिवर्तित भएको छ । यसैक्रममा मूल्य स्थायित्वप्रतिको आरबिआईको प्रतिबद्धताले ब्याजदर कम राख्दै सरकारको ऋणवित्त पोषण लागतलाई रोकेको छ । आरबिआईको मौद्रिक नीति र निरीक्षण अधिकारीहरूले यसलाई अर्थतन्त्रलाई स्थिर बनाएर उच्च आर्थिक वृद्घिको पथमा डोर्‍याउनका लागि एक महत्वपूर्ण साधनमध्ये एकका रूपमा लिएका छन् ।

भारतमा राष्ट्रिय चुनाव नजिकिँदै गर्दा र विशेषगरी वित्तीय अनुशासन कायम राख्ने र कठिन सुधारहरू कार्यान्वयनमा ल्याउने सरकारको क्षमतामाथि शंका उठिरहेको समयमा यस्ता फाइदा गुमाउने अवस्थामा सरकार छैन । मोदी र जेट्लीले यी सबै कुराको पहिचान गरेर आरबिआईको विरोधमा नभई उसको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता छ ।

ईश्वर प्रसाद कोर्नेल युनिभर्सिटीका प्राध्यापक र ब्रुकिंग्स इन्स्टिच्युसनका सिनियर फेलो हुन् ।
कपिराइट :  प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

The post भारतीय केन्द्रीय बैंकमाथि आक्रमण appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Kng1ga

No comments:

Post a Comment

Post Bottom Ad

Pages