भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगका छन् । निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथलाई समकक्षी लालबाबु राउत, प्रदेश सभामुख सरोजकुमार यादव, वरिष्ठ मन्त्री जितेन्द्र सोनलसहित मन्त्रिपरिषद्का सबैले स्वागत गरेका थिए।
जानकी मन्दिरको पूजापाठ सकेपछि उनी अहिले मधेस भवन प्रस्थान गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निवासमा योगीले केहिसमय आराम गर्ने र त्यहाँ आयोजना गरिने भोजमा उनी सहभागी हुनेछन् ।
राम र सीताको विवाहउत्सवमा सहभागी हुन आएका उनी बाह बिगाहामा आयोजना हुने स्वयम्बर कार्यक्रममा सहभागी भइ आजै भारत फर्किनेछन् ।
आदित्यनाथको सुरक्षामा चार हजार सुरक्षाकर्मी
The post भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2ErbvNO

No comments:
Post a Comment