गाउँपालिकाको करविरुद्ध व्यवसायी अदालतमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

गाउँपालिकाको करविरुद्ध व्यवसायी अदालतमा

चर्को कर खारेजीको माग गर्दै मोरङ व्यापार संघले बुढीगंगा गाउँपालिकाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । बुढीगंगा गाउँपालिकाले स्थानीय उद्योगलाई विभिन्न शीर्षकमा लगाएको चर्को कर खारेजीको माग गर्दै मोरङ व्यपार संघले उच्च अदालत विराटनगरमा २४ मंसिरमा मुद्दा दर्ता गरेको हो ।

बुढीगंगा गाउँपालिकाले ठूला उद्योगलाई वार्षिक पाँच लाख, मझौलालाई तीन र साना उद्योगलाई वार्षिक १ लाख रुपैयाँ कर निर्धारण गरेको छ । गाउँपालिकाले घरजग्गा करसमेत लगाएपछि खारेजीको माग गरिएको संघले जनाएको छ । त्यसैगरी, गाउँपालिकाले पटके सवारी कर, विदेशी सवारी कर र कबाडी कर भन्दै उद्योगमा आउने सवारीसाधनबाट समेत दोहोरो कर उठाउन सुरु गरेको छ ।

दोहोरो कर मान्य हुँदैन : संघ
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटक–पटक कानुन नै नबनाई दोहोरो, तेहेरो कर असुल्नु संविधानविपरीत भएकाले खारेजीको माग गरिएको संघका अध्यक्ष पवन सारडाले बताए । ‘चर्को कर घटाउन र कानुनविपरीत कर नलगाउन पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर अदालत गुहार्नुप-यो,’ अध्यक्ष सारडाले भने ।

बुढीगंगाभित्र सञ्चालित उद्योगले नियमित कर तथा राजस्व तिर्दै आए पनि गाउँपालिकाले अतिरिक्त कर लगाएको गुनासो स्थानीय व्यवसायीले गरेका छन् । गाउँपालिकाले फलाम, पित्तल, तामा, जिंकलगायतका धातुमा दुई रुपैयाँ ५० पैसा कर लगाएको छ ।

The post गाउँपालिकाको करविरुद्ध व्यवसायी अदालतमा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2EjNc38

No comments:

Post a Comment

Post Bottom Ad

Pages