राजपा सरकारमा सहभागी हुँदैन : महतो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

राजपा सरकारमा सहभागी हुँदैन : महतो

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले संविधान संशोधन र रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरू रिहा नभएसम्म राजपा सरकारमा सहभागी नहुने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले मधेसको मागलाई थाती राखेर सरकारमा जानुको अर्थ नहुने बताए ।

उनले सरकारलाई दिएको समर्थनबारे चाँडै पार्टी बैठकमा गम्भीर छलफल हुनेसमेत बताए । उनले भने, ‘हामीले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरेका हौँ । सरकारको राम्रो कामको समर्थन गर्छांै, नराम्रो कामको विरोध ।’ सरकार गठन भएको एक वर्ष हुन लाग्दासमेत राजपाको मागमा प्रधानमन्त्री गम्भीर नभएको महतोले बताए । लोकतान्त्रिक मूल्यअनुसार सरकार चल्न नसकेको उनको जिकिर छ । हत्या, हिंसा, बलात्कारका घटना बढ्दा त्यसको नियन्त्रणमा पनि सरकार असफल भएको उनको तर्क छ ।

फोरमसँग एकताको सम्भावना छैन
महतोले संघीय समाजवादी फोरमसँग एकताको सम्भावना नरहेको बताएका छन् । ‘एकताका लागि नीति र नियत ठीक हुनुपर्छ ।’ उनले भने, ‘नीति पनि मिल्दैन, नियत पनि ठीक छैन, त्यसकारण फोरमसँग एकताको सम्भावना छैन ।’

 

 

The post राजपा सरकारमा सहभागी हुँदैन : महतो appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Ephnad

No comments:

Post a Comment

Post Bottom Ad

Pages