चार दिनपछि बसपार्क सञ्चालनमा आउने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

चार दिनपछि बसपार्क सञ्चालनमा आउने

नेपाल सरकारले सदरमुकाम फिदिमलाई नमुना सहरका रूपमा विकास गर्ने घोषणा गरेको चार वर्ष भयो । तर, नमुना सहरका लागि आवश्यक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन । फिदिममा व्यवस्थित बसपार्क नहुँदा यातायात सञ्चालनमा समस्या छ । फिदिम–२ पल्लोटारमा बसपार्क निर्माणको काम सुरु भए पनि पूरा भएको छैन ।

ठूलै तामझामका साथ ०७१ मा बसपार्क निर्माण सुरु गरिएको थियो । तर, चार वर्ष बितिसक्दा समेत बसपार्क निर्माण पूरा भएको छैन । बजारबाट करिब दुई किलोमिटरको दूरीमा बसपार्क छ । तर, त्यहाँ गाडी पुग्दैनन् । बसपार्क सञ्चालन नहुँदा फिदिम उच्च माविको खाली जग्गामा गाडी पार्किङ गर्ने गरिएको छ । बसपार्क अपायक भएको भन्दै व्यवसायीले गाडी लान नमानेका हुन् । हाल सञ्चालनमा रहेको अस्थायी बसपार्कका कारण फिदिम बजारभित्र सवारी र मालवाहक साधनको चाप बढेको छ । यसले दुर्घटनाको जोखिम बढेको छ ।

स्थायी बसपार्क निर्माणका लागि स्थानीय १३ जनाले सामूहिक रूपमा करिब १० रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । लाखाैँ मूल्यबराबरको जग्गा सरकारलाई निःशुल्क दिँदा  पनि भनिएको समयमा काम नभएको भन्दै दाताले असन्तुष्टि जनाएका छन् ।

The post चार दिनपछि बसपार्क सञ्चालनमा आउने appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2EjN43E

No comments:

Post a Comment

Post Bottom Ad

Pages