सुदुर पश्चिम प्रदेशकाे प्रदेश सभा बैठक अनिश्चित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

सुदुर पश्चिम प्रदेशकाे प्रदेश सभा बैठक अनिश्चित

सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउन गरेको ढिलाइका कारण प्रदेश सभाको तेस्रो अधिवेशन (हिउँदे अधिवेशन) अनिश्चित बनेको छ । सरकारले प्रदेश सभा सचिवालयमा अहिलेसम्म कुनै प्रस्ताव दर्ता नगरेका कारण हिउँदे अधिवेशन कहिले बस्ने भन्ने टुंगो लाग्न नसकेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।

संविधानबमोजिम एक अधिवेशन अन्त्य भएको मितिले ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने प्रावधान छ । सुदूरपश्चिम प्रदेश सभा गएको असोज २३ मा वर्षे अधिवेशन अन्त्य गरिएको थियो । ‘सरकारले प्रदेश सभालाई बिजनेस दिन सकेन,’ शर्माले भने, ‘छलफलका लागि कार्यसूची नभएपछि बैठक पनि कहिले बस्ने भन्ने टुंगो लाग्न सकेको छैन ।’

प्रदेश सभाले सरकारको कार्य सञ्चालनसम्बन्धी कतिपय ऐन पारित गरिसकेको भए पनि जनतासँग सरोकार राख्ने ऐन भने अझै बनाउन सकेको छैन । वन तथा वातावरण, पर्यटन, उद्योग, प्राकृतिक स्रोत, योजना आयोगलगायत महŒवपूर्ण क्षेत्रका ऐन अझै बन्न बाँकी छन् । प्रदेश सभा सचिवालयमा सबैभन्दा बढी विधेयक दर्ता गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट एउटा मात्र विधेयक दर्ता भएकामा उद्योग, पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयबाट अहिलेसम्म एउटा पनि विधेयकको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सभाले अहिलेसम्म १७ वटा विभिन्न ऐननियम बनाइसकेको छ । बनेका ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका छन् ।

The post सुदुर पश्चिम प्रदेशकाे प्रदेश सभा बैठक अनिश्चित appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2SDEosX

No comments:

Post a Comment

Post Bottom Ad

Pages