एउटै गाउँमा चार करोडका सुन्तला - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

एउटै गाउँमा चार करोडका सुन्तला

परम्परागत खेती छाडेर पाखोबारीमा व्यावसायिक रूपमा सुन्तला रोपेका तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सिकोटका किसानले यो वर्ष चार करोडको सुन्तला बिक्री गरेका छन् । गाउँका हरेक किसानले कम्तीमा तीनदेखि २५ लाखसम्मको सुन्तला बिक्री गरेको स्थानीय कमल महतले बताए । ‘गत वर्ष करिब तीन करोडको सुन्तला बिक्री गरेका किसानले यस वर्ष सुन्तला राम्रो उत्पादन भएकाले झन्डै एक करोड बढी आम्दानी गरेका छन् ।’ उनले भने ।

शुक्लागण्डकी नगरपालिका–११ स्थित नाम्सिकोटबाट यो वर्ष मात्रै चार करोड रुपयाँको सुन्तला बिक्री भएको हो । एउटै गाउँबाट करिब चार करोडबराबरको सुन्तला बिक्री भएपछि उनीहरू उत्साहित भएका छन् । ९५ घरपरिवार रहेको यस गाउँका अधिकांशको सुन्तला बगान छ । शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले सुन्तलाको पकेट क्षेत्र मानिएको नाम्सिकोटमा सुन्तलाले राम्रो आम्दानी दिइरहेको बताए । ‘किसानहरू सुन्तला व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि सन्तुष्ट छन्,’ उनले भने ।

 

 

The post एउटै गाउँमा चार करोडका सुन्तला appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QONXba

No comments:

Post a Comment

Post Bottom Ad

Pages