जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाको निर्णय - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाको निर्णय

तिला गाउँपालिकाले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य चौकीको इन्र्चाजहरुको उपस्थितिमा शनिबार बसेको बैठकले पुस महिनादेखि गाउँपालिका भित्रका जेष्ठ नगरिकहरुलाई हरेक महिना घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

तिला गाउँपालिकाका अध्यक्ष रतनानाथ योगीका अनुसार जेष्ठ नागरिकहरु स्वास्थ्य चौकीसम्म आएर उपचार गर्न नसक्ने भएकाले घरमै स्वास्थ्यकर्मी र औषधि पठाएर परीक्षण गर्ने निर्णय भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा प्रयाप्त औषधि र नियमित स्वास्थ्यकर्मीको व्यवस्थापन गरेका छौँ उनले भने अहिले स्वास्थ्य चौकीमा कुनै समस्या देखिएको छैन ।

साथै, गाउँपालिका भित्रका सम्पुर्ण विद्ययालका विद्ययार्थीहरुको हरेक दुई महिनाको अन्तरमा एक पटक स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको अध्यक्ष योगीले बताए ।

खादा प्रयोग नगर्ने गाउँपालिकाको निर्णय
तिला गाउँपालिकाकाले औपचारिक कार्यक्रममा बजारमा पाइने खादा प्रयोग नगर्ने निर्णय गरेको छ । स्थानीय स्तरमा पाइने फुलमाला प्रयोग गरे बजारमा खादा प्रयोग नगर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।

एकछिनका लागि बजारमा पाइने महंगा खादा प्रयोग गर्नु भन्दा पनि आफ्नै घरआगनमा पाइने फुल, विभिन्न किसिमका बिरुवा, धुपी, पिपलका पातका माला प्रयोग गर्ने भनेर यस्तो निर्णय गरेको अध्यक्ष योगीले बताए ।

त्यस्तै, तातोपानी गाउँपालिकाले पनि औपचारिक कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए । उनले भने यसबाट पनि अलिकति भएपनि खर्च न्यूनिकरण हुन्छ । खादामा प्रयोग बजेट अरु केही काम गर्न सकिन्छ त्यसै पनि गाउँपालिकाले खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।

The post जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाको निर्णय appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2rsoOF5

No comments:

Post a Comment

Post Bottom Ad

Pages