इपीएल : चितवनलाई ११ रनले पराजित गर्दै ललितपुरको पहिलो जित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

इपीएल : चितवनलाई ११ रनले पराजित गर्दै ललितपुरको पहिलो जित

शनिबारदेखि सुरु भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे हो ।

टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १४४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएको हो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे भने कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोड्न सफल भए । ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ बलमा २५ रन बनाएका थिए ।

जितसंगै ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको थियो ।

The post इपीएल : चितवनलाई ११ रनले पराजित गर्दै ललितपुरको पहिलो जित appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2G2Pl5U

No comments:

Post a Comment

Post Bottom Ad

Pages