सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् ।
राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको भन्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेर आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए । सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका हुन । नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाई छ ।
समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न सरकारलाई सचेत गराएको छ । यस अघि सेयर लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदा आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ । समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्याउनुपर्ने लगायतका १० बुँदे माग राख्दै अनसन सुरु गरेको हो । समूहले सेयर बजारलाई सहज बनाउने अभियानमा साथ दिन देशभरका सेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान गरेको छ ।
The post सेयर लगानीकर्ताद्वारा अर्थमन्त्री खतिवडाको राजीनामा माग appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2rpnYJa
No comments:
Post a Comment