विवाहपञ्चमी हेर्न ओइरिए श्रद्धालु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

विवाहपञ्चमी हेर्न ओइरिए श्रद्धालु

नेपाल–भारत सीमानाकामा चहलपहल, श्रद्धालुको सेवामा खटिए स्थानीय

विवाहपञ्चमी मेला भर्न आएका साधु सन्त तथा श्रद्धालुहरूले नेपाल–भारत सीमा नाका भरिभराउ देखिएको छ । भारतको युपी, विहारलगायतका राज्यबाट विवाहपञ्चमी मेला भर्न आइरहेका छन् । जसका कारण मुख्य नाका जलेश्वरको मलिवारामा सवारीसाधनसहितको श्रद्धालुको उपस्थिति बाक्लो देखिएको हो ।

सोमबार घोडा र रथसहितका साधुहरूको टोली धनुषाको जटही नाकाबाट प्रवेश गरे पनि अन्य साधु साबिककै बाटो हुँदै जनकपुर प्रवेश गरिरहेका छन् । सीमानाकामा श्रद्धालुलाई लक्षित गरी अस्थायी शौचालय, स्वास्थ्य शिविर तथा अन्य व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बलको १३ नम्बर गुल्मपति डिएसपी राजेश्वर पोखरेलले जानकारी दिए ।

सीमामा सुरक्षा मजबुत
सीमानाकामा सुरक्षा व्यवस्था चुस्त पारिएको पनि उनले बताए । परम्परागत पौराणिक मार्ग रहेको भिठामोड र मटिहानीमा विभिन्न पन्डाल, प्राथमिक उपचार शिविर साथै सामुदायिक प्रहरीका युनिटले उनीहरूको सहयोगमा जुटिरहेका छन् । मंगलबार दिउँसो १ बजेसम्म ७ सयभन्दा बढी ठूला तथा साना सवारीसाधन भारतीय नाकाबाट नेपाल प्रवेश गरेको भन्सार कार्यालय जलेश्वर मलिवाराले जनाएको छ ।

ठाउँ–ठाउँमा  भोजनको व्यवस्था
मेला भर्न आउँदै गरेका श्रद्धालु मटिहानी स्थान र जलेश्वरनाथ महादेवसमेतको दर्शन गर्दै पैदल तथा सवारीसाधनमा अगाडि बढिरहेका छन् । उनीहरूको सुविधाका लागि पिपरा गाउँपालिका– ५ मा सहोडवास्थित विवाह पञ्चमी समिति एवं स्थानीयवासीले निःशुल्क भोजन, स्वास्थ्य शिविर, रात्रिवाससँगै विभिन्न सांस्कृतिक कार्यक्रमको व्यवस्था
गरेको छ ।

शौचालय अपुग हुँदा समस्या
श्रद्धालुलाई लक्षित गरेर बनाइएका शौचालय न्यून हुँदा समस्या देखिएको छ । स्थानीय निकाय र सुरक्षाकर्मीको समन्वयमा मलिवारामै अस्थायी शौचालय निर्माण भए पनि श्रद्धालुको संख्या ठूलो रहेकाले न्यून हुन पुगेको हो ।

सीमानाकामा यात्रीहरूको सहजताका लागि प्रहरीको बाक्लो उपस्थिति छ भने गत वर्षहरूमा भारतीय नम्बरका सवारीसाधनबाट अनधिकृत रूपमा रकम उठाउने प्रवृत्ति यस वर्ष धेरै नियन्त्रणमा देखिएको छ । सीमा प्रहरी कार्यालय मलिवाराका इन्चार्ज सइ रवीन्द्र सिंहले सीमानाकामा प्रहरीले सुरक्षासँगै यात्रीको सुविधाका लागि सवारीसाधन व्यवस्थापनदेखि अन्य विभिन्न सेवा दिइरहेको बताए ।

The post विवाहपञ्चमी हेर्न ओइरिए श्रद्धालु appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2EjNaIy

No comments:

Post a Comment

Post Bottom Ad

Pages