सल्यानमा नमुना एसईई परीक्षा सुरु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

सल्यानमा नमुना एसईई परीक्षा सुरु

विद्यार्थीको मुल्यांकन गर्न सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिका स्तरीय एसईई परीक्षा सुरु भएको छ । मंसिर २३ गतेदेखि संचालन भएको एसईई परीक्षा पुष २ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।

एसइइको तयारी गरिरहेका विद्यार्थीहरुको लागि संचालन गरिएको परीक्षामा गाउँपालिका भित्रका पाँच वटा माविलाई परीषा केन्द्र चयन गरेर अन्तर विद्यालय निरीक्षक खटाइएको छ ।

एसईई परिक्षालाई सहयोग पुग्ने गरी गाउँपालिकाले पहिलो पटक यस्तो अभ्यास गरेको गाउँपालिका अध्यक्ष मानबहादुर चलाउनेले जानकारी दिए । परीक्षामा सिद्ध कुमाख गाउँपालिका भित्रका विद्यायहरुबाट दुई सय १५ विद्याथी सहभागी छन् ।

परीक्षा सकिएपछि सवै उत्तरपुस्तिका गाउँपालिकामा संकलन गरि जाँच गरिने छ । नतिजा प्रशासनपछि विद्यार्थीको शैक्षिक गुणस्तर हेरेर थप कारर्यक्रम लागु गर्ने शिक्षा शाखा प्रमुख मेघराज गौतमले बताए ।

The post सल्यानमा नमुना एसईई परीक्षा सुरु appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2ErbPMw

No comments:

Post a Comment

Post Bottom Ad

Pages