पोखरिया न्यायिक समितिमा ४८ उजुरी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

पोखरिया न्यायिक समितिमा ४८ उजुरी

पर्साको पोखरिया नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५/०७६ को चार महिनामा ४८ वटा उजुरी दर्ता भएका छन् । समितिमा घर–जग्गा, सम्बन्धविच्छेद, पारिवारिक झगडा, बाटो मिचिएका घटनालगायत उजुरी परेको नगरपालिकाका नायब  सुब्बा बैजनाथ चौधरीले जानकारी दिए ।

स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा गठन हुने समितिमा संयोजकसहित तीनजना रहने व्यवस्था छ ।
पोखरिया नगरपालिकामा गत साल १३ पुसमा गठन भएको न्यायिक समितिमा नगर उपप्रमुख सल्मा खातुन संयोजक छिन् भने रामबाबु चौहान र सुरेन्द्रप्रसाद यादव सदस्य छन् ।  स्थानीय तहमा न्यायिक समिति अहिलेको संविधानले कायम गरेको अदालती व्यवस्था हो । स्थानीय सरकार सञ्चालन ऐनले न्यायिक समितिको व्यवस्था गरेको छ ।

सकेसम्म   मेलमिलापको प्रयास
न्यायिक समितिको अधिकार क्षेत्र संविधानले नै तोकिदिएको छ । त्यसमा पनि विवादहरू सकेसम्म मेलमिलापमा टुंग्याउने प्रयास हुने गरेको छ ।  न्यायिक समितिमा निवेदन वा फिराद पेस भएपछि विपक्षीका नाउँमा म्याद पठाउने, प्रत्युत्तर बुझ्ने, प्रमाणको परीक्षण, साक्षी परीक्षण गर्ने, मेलमिलापका लागि दुवै पक्षलाई उत्प्रेरित गर्नेलगायत सबै प्रक्रिया टुंग्याएर मात्र समितिले निर्णय लिने गरेको सदस्य सुरेन्द्र यादवले बताए । उनले निर्णय गर्दा सर्वसम्मत नभए दुईजनाको सहमतिमा फैसला गर्ने गरेको बताए ।

 

The post पोखरिया न्यायिक समितिमा ४८ उजुरी appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2EdkTU2

No comments:

Post a Comment

Post Bottom Ad

Pages