पोखरामा जारि पाँचौ अन्तराष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव २०७५ अन्र्तगत हिमालयन अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन् । उपाधि सँगै प्रतियोगितामा नेपाली सेनाका धावकले आफ्नो वर्चश्व कायम राखेका छन् ।
नेपाल पर्वतारोहण संघको आयोजनामा भएको महोत्सवमा नेपाली धावक बैकुण्ठ मानन्धरको नाममा आयोजना गरिएको एन.एम.ए.बैकुण्ठ मानन्धर हिमालयन अल्ट्रा म्याराथनको निधारित २१ किलोमिटरको दुरी एक घण्टा २१ मिनेट २६ सेकेण्डमा पुरा गरेका थिए । म्यारमथनमा सहभागी २३ प्रतिस्पर्धीलाई पछि पादै श्रेष्ठले उपाधि हात पारेका हुन् ।
त्यस्तै नेपाली सेनाका धावक कृष्ण बस्नेत १२ सेकेण्डले पछि पर्दै दास्रो भएका थिए भने नेपाली सेनाकै खगेन्द्र भाटले एक घण्टा २२ मिनेट ५४ सेकेण्डमा दुरि पार गरेका थिए । म्याराथनमा प्रथम हुनेलाई क्रमश ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै महिला तर्फको १० किलोमिटर दौडमा सरिता बासीले ३५ मिनेट ३२ सेकेण्डमा दुरी पार गरेकी थिइन् । ३६ मिनेट ३२ सेकेण्डमा दुरि पार गदै दोस्रो भएकी रेशु बस्नेत र ३७ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गदै भूमी बुढामगर तेस्रो भएकी छिन् । दौडमा प्रथम हुनेलार्इ ५० हजार नगद, दोस्रो हुनेलाई २५ हजार नगद र तेस्रो हुनेलाई १० हजार पुरस्कार व्यवस्था गरिएको थियो । महिला तर्फको प्रतिस्पर्धामा पाँच जना धावक सहभाागी भएका थिए ।
कार्यक्रममा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्ग बिक्रम शाही अवार्ड – २०१८ र सर एड्मड हिलरी लेगेसी अवार्ड – २०१८ बाट डेनियल मज्युरलाई सम्मान गरिएको थियो ।
The post हिमालयन अल्ट्रा म्याराथनको उपाधि सेनाका श्रेष्ठलाई appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2EoW6NL

No comments:
Post a Comment