इपीएल : भैरहवा ४ विकेटले विजयी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 12, 2018

इपीएल : भैरहवा ४ विकेटले विजयी

एभरेस्ट प्रिमियर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्याडियटर्स ४ विकेटले विजयी भएको छ । विराटनगरले दिएको ९२ रनको लक्ष्य भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाइ पुरा गरेको हो । यसअघि भैरहवा ग्याडियटर्सले टस जित्दै विराटनगरलाई ब्याटिङका निम्ताे दिएकाे थियाे । विराटनगरले १८.४ अाेभर खेल्दै ९१  बनाएकाे थियाे ।

भैरहवाका लागि प्रदिपसिंह ऐरीले १० रन, इन्दर सिंहले १२ , रायन टेन्डेसकाटेले २० रन, शरद भेष्वकारले १६ रनको योगदान गरे ।  

विराटनगरका लागि राेलेफ भान डी मर्वीले सर्वाधिक २५ रन, करण केसीले १८ रन, सुमित माहाराजे १५ रन र हरि चाैहानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंक छुन सकेनन् ।

विराटनगरका कप्तान पारस खड्का ५ बलकाे सामना गर्दै १ रन बनार्इ कृष्ण कार्कीकाे बलमा शरदबाट क्याच अाउट भए । भैरहवाका लागि माेहम्मद नाभिले सर्वाधिक ४ विकेट लिए ।  कृष्ण कार्की र  अभिनिस बाेहाेरले समान २/२ विकेट लिए भने शरष भेस्वाकरले १ विकेट लिए ।

The post इपीएल : भैरहवा ४ विकेटले विजयी appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Edl4yG

No comments:

Post a Comment

Post Bottom Ad

Pages