सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै अघि बढने बताएका छन् ।
सत्तारुढ राष्ट्रिय जनता पार्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले उत्पीडित वर्ग, जाति र समुदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिँदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै प्रचण्डले उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढन पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।
अध्यक्ष प्रचण्डले उपेक्षित समुदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दावी गरे । त्यस अवसरमा प्रचण्डले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
The post संविधान संशोधन गर्दै अघि बढ्नुपर्छ : प्रचण्ड appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2G9LRi2

No comments:
Post a Comment