लिमीवासीले पनि गाउँ छोडे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

लिमीवासीले पनि गाउँ छोडे

चिसो बढेपछि तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा घर छोडेर सहर तिर लागेका छन् । उच्च हिमाली क्षेत्रमा रहेको लिमी उपत्यकामा तिल, हल्जी र जाङ गाउँ छन् ।

केही दिनपछि हिउँ पर्ने र कामकाज केही नहुने भएपछि सहर तिर लाग्ने गरेको वडाध्यक्ष पाल्जो र तामाङले बताए । ‘हिउँदमा वृद्धवृद्धा र गुम्बाका पुजारी मात्रै गाउँमा बस्छन्, अरू सहर तिर लाग्छन्,’ वडाध्यक्ष तामाङले भने । लिमीका आधाभन्दा बढी बासिन्दाले गाउँ छोडिसकेको उनले बताए ।

गाउँमा घर हेरालु मात्रै रहेका छन् । अहिले गाउँ छोडेर हिँडेका यहाँका बासिन्दा वैशाखमा मात्रै फर्किने गरेका छन् । एक महिनाअघि नै जोहो स्थानीय बासिन्दाले एक महिनाअघि नै खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानको जोहो गरि सकेका छन् ।

हिउँले घर छोपिने भएकाले सबै सरसामान भित्रै राख्ने गरेको वडाध्यक्ष तामाङले बताए । त्यस्तै , पशुचौपाया पनि एक–दुई महिना गोठमै र हने गरेका छन् । पशुचौपायाका लागि पनि पहिले नै आहारको जोहो हुने गरेको छ ।

The post लिमीवासीले पनि गाउँ छोडे appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2rxBCKr

No comments:

Post a Comment

Post Bottom Ad

Pages