संसद्को हिउँदे अधिवेशन सुरु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

संसद्को हिउँदे अधिवेशन सुरु

प्रदेश ५ को संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । बजेट अधिवेशन सकिएको चार महिनापछि प्रदेश संसद्को हिउँदो अधिवेशन बुधबार देखि सुरु भएको हो । पहिलो बैठकमा सांसदहरूले हिउँदे अधिवेशनलाई विधेयक निर्माणको अधिवेशन बनाउनुपर्ने धारणा राखे ।

सत्तापक्ष वा प्रतिपक्ष नभनी हिउँदे अधिवेशनबाट धेरै विधे यक निर्माण गरी प्रदेशलाई गति दिनुपर्नेमा सांसदहरूको भनाइ छ । बैठकमा ने कपाका सांसद भूमीश्वर ढकालले अधिवेशनबाट धेरै विधेयक निर्माण गर्नुपर्ने बताए । ‘ पहिलो र दोस्रो अधिवेशन सिकाइमा बित्यो । अब स्थानीय तह र प्रदेशका लागि आवश्यक विधेयक पास गरी प्रदेशलाई समृद्ध बनाउने दिशामा छिटो गरी लाग्नुपर्छ,’ उनले भने, नेकपा सांसद कृष्णध्वज खड्काले संसद् कछुवा गतिमा चलेको भन्दै अबको अधिवेशन यस्तो बन्न नहुने बताए ।

उनले विगतका अधिवेशनबाट पाठ सिक्दै विधेयक बनाउन जुट्नुको विकल्प नभएको बताए । स्थानीय तहसँग पनि समन्वय गरेर कानुन निर्माण गर्नुपर्ने उनको धारणा छ । सत्तापक्षकै सांसद तुलाराम घर्तीमगरले प्रदेशसभाका सांसदहरू बेरोजगार, तर मन्त्रीहरू कार्यक्रम उद्घाटनमै व्यस्त भएको भने र जनताबाट आलोचना हुन थाले को गुनासो गरे ।

गति लिन सरकार लाई सुझाब
नेपाली कांग्रेसका सांसद डिल्ली चौधरीले दुईवटा अधिवेशन आशालाग्दा नदेखिएको बताए । उनले भने, ‘ प्रदेश सरकार सफल भए मात्र संघीयता सफल हुन्छ । सर कारले पुँजीगत खर्च गरेको छैन । पुँजीगत खर्च बढाएर विकास केन्द्रित हुनुपर्छ ।’ संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डेयले प्रदेश सरकार ले केही गर्न नसकेको भन्दै आलोचना गरे ।

‘सरकार ले केही गर्न सकेन । अझै पनि केही बिग्रिएको छैन । संघको अधिकार प्रदेशमा ल्याउन सबै जुट्नुपर्छ,’ उनले भने । सांसद गीता थापाले प्रदेश सभाले महिलामैत्री कानुन निर्माण गरी महिला हिंसा न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने बताइन् । बुधबारको बैठकमा सांसदहरू गीता थापा, इन्द्रप्रसाद खरेल, विष्णु पन्थी, कल्पना पाण्डे, रामजी घिमिरे, सरस्वती गौतम, कुलप्रसाद पोखरेल र भगवतीदेवी भण्डारीले केन्द्रको मुखनताकी काम गर्न सुझाब दिए ।

The post संसद्को हिउँदे अधिवेशन सुरु appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2GgecmV

No comments:

Post a Comment

Post Bottom Ad

Pages