बेलायती प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

बेलायती प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव

ब्रिटिस प्रधानमन्त्री थेरेसा मेले बुधबार संसद्‌मा अविश्वासको प्रस्तावमाथिको मतदानको सामना गरेकी छिन् । कन्जरभेटिभ पार्टीका सांसदहरूले बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेदेखि ८ बजेसम्म मतदान गरे ।

‘मतदानको पूर्ण क्षमतासाथ सामना गर्नेछु,’ प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले दिएको एक वक्तव्यमा प्रधानमन्त्री मेले भनेकी छिन् । नयाँ प्रधानमन्त्रीले ब्रिटेनलाई आगामी मार्च २९ मा युरोपेली संघ (इयू)बाट अलग्याउने आर्टिकल फिफ्टी भनिने ५० नम्बरको बुँदालाई खारेज गर्नुपर्ने अथवा त्यसको समयसीमा बढाउनुपर्ने मेको भनाइ छ ।

The post बेलायती प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2rBom7z

No comments:

Post a Comment

Post Bottom Ad

Pages