फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

फ्रान्सको एक सहरमा क्रिसमस बजारलाई लक्ष्य गरी मंगलबार अतिवादी हमला भएको छ । क्रिसमस बजारमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । यो हमलालाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमण बताइएको छ ।

स्थानीय समयअनुसार राति ८ बजे बन्दुकधारीले गोली चलाएका थिए । ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै गोली चलाएका थिए । आक्रमणका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि नै उच्च निगरानीमा रहेको चरमपन्थी समूहका सदस्य भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

क्रिमसमका लागि विशेष योजनासहित सञ्चालन गरिएको बजारमा अन्धाधुन्द गोली प्रहार भएपछि स्थानीय बासिन्दा त्रसित छन् । सन् २०१५ मा फ्रान्समा भएका शृंखलाबद्ध हमलामा २४५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि सन् २०१८ को मे १२ मा एक व्यक्तिले गरेको चक्कु प्रहारमा एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका थिए ।

सन् २०१८ को मार्च ३ मा फ्रान्सको दक्षिणी सहरमा भएको एक बन्दुकधारीको आक्रमणमा प्रहरीका एक कर्णेलसहित चार व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१७ को अक्टोबर १ मा फ्रान्सको दक्षिणी प्रमुख सहर मसैलीको रेलवे स्टेसनमा २९ वर्षीया एक ट्युनिसियाली नागरिकले गोली प्रहार गरी दुई युवतीको हत्या गरेका थिए । अहमत हनाची नामका यी बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका थिए ।

The post फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2GgdZQF

No comments:

Post a Comment

Post Bottom Ad

Pages