विधानसभा निर्वाचनमा यसकारण भाजपालाई धक्का - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

विधानसभा निर्वाचनमा यसकारण भाजपालाई धक्का

पछिल्लोपटक भारतका विभिन्न पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तासीन हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो पराजय स्विकारेको छ भने देशकै पुरानो पार्टी कंग्रेस आई निर्वाचनको सफलताले उत्साहित भएको छ ।

निर्वााचनपछि कंग्रेसले छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा सरकार गठनको तयारी गरेको छ । मध्यप्रदेशमा कंग्रेसले ११४ र भाजपाले १०९ सिटमा जितेको छ । निर्वाचन भएको पाँचमध्ये अन्य दुई तेलंगाना र मिजोरम क्षेत्रीय पार्टी विजयी भएका छन् ।

गत वर्षको संसदीय निर्वाचनमा राजस्थान, छत्तीसगढ र मध्यप्रदेशमा सत्तारुढ भाजपाले सानादार विजय हासिल गरेको थियो । तर, विधानसभा निर्वाचन परिणामले यी राज्यमा भाजपाको बलियो पकड गुमेको र यसले अर्को वर्ष हुने लोकसभा निर्वाचनलाई असर गर्ने देखिएको छ । विधानसभा निर्वाचन परिणामलाई धेरैले आमनिर्वाचनसँग जोडेर हेरेका छन् ।

कंग्रेसको पछिल्लो प्रस्तुतिले कंग्रेस पार्टीका कार्यकर्ताको आत्मविश्वास बढाउनुका साथै पार्टी नेता राहुल गान्धीको लोकप्रियता बढेको छ । निर्वाचन परिणामले मोदीको भाजपालाई पराजित गर्न सकिन्न भन्ने भ्रम चिरेको छ । यस परिणामले आगामी वर्ष हुने पार्टीको आमनिर्वाचनलाई आवश्यक ऊर्जा प्रदान गरेको छ । सरकारका विवादास्पद निर्णयका कारण यी तीनै राज्यमा भाजपाविरुद्ध जनमत बढेको थियो, तथापि  भाजपा  मध्यप्रदेश र छत्तीसगढमा लगातार चौथोपटक विजय बनेर रेकर्ड तोड्ने दाउमा थियो ।

मोदीले पूरा गरेनन् वाचा
देशमा आमूल परिवर्तन गर्ने वाचासहित नरेन्द्र मोदी सन् २०१४ को निर्वाचनपछि शक्तिमा पुगेका थिए । तर, मोदी आफ्नो वाचाप्रति प्रतिबद्ध नभएको आलोचकहरूको भनाइ छ । ‘चरम असन्तुष्टि, बेरोजागर र मुसलमानलगायतका अल्पसंख्यकमाथिको विभेदले सरकारविरुद्धको असन्तुष्टि बढेको छ र यस्तो असन्तुष्टि निर्वाचनमा देखिएको छ,’ राजनीतिक वैज्ञानिक गिल्स भर्निअर भन्छन् ।

रोजागरीको अभावका कारण धेरै युवा सरकारप्रति क्रुद्ध छन् । रोजगारीका अवसर सिर्जना गर्ने र किसानलाई नाफा वृद्धि गर्ने मोदी सरकारको योजना अलपत्र परेका छन् । पछिल्लो समयमा अयोध्या काण्डले सरकार बदनाम बनेको छ । सन् १९९२ मा हिन्दूवादीहरूको एउटा समूहले मस्जिद भत्काएको धार्मिक क्षेत्र अयोध्यामा पुनः हिन्दू मन्दिर बनाउन पार्टीका नेताहरूले नै अभियान चलाएका छन् ।

The post विधानसभा निर्वाचनमा यसकारण भाजपालाई धक्का appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2ryeRWA

No comments:

Post a Comment

Post Bottom Ad

Pages