यसै महिनाको चालीस वर्षअघि, चिनियाँ नेताहरूले चीनलाई सुधारको गतितर्फ अघि बढाए जसले त्यहाँको अर्थतन्त्रमा ऐतिहासिक नाटकीय परिवर्तन ल्यायो । सन् १९७६ मा माओत्से तुङको निधन भएपछि उनको स्थानमा आएका डेङ सियाओपिङले सन् १९७८ को डिसेम्बरमा भएको ११औँ केन्द्रीय कमिटीको तेस्रो पूर्ण अधिवेशनमा आर्थिक विकास र आधुनिकीरकणको बारमो आफ्नो दृष्टिकोणमा मोहोर लगाउन सफल भए । त्यसपछिका चार दशकयता चीनले आफूलाई आर्थिक पावर हाउसका रूपमा परिवर्तन गरेको छ । साथै यसले विश्वव्यापी अर्थतन्त्र र भूराजनीतिमा समान रूपमा भएको महत्वपूर्ण परिवर्तनलाई समेत दर्शाउँछ ।

त्यसपछि अन्य क्षेत्रमा पनि थप सुधारका कार्य विस्तार हुँदै गयो । टाउनसिप एन्ड भिलेज इन्टरप्राइजेज (टिभइएस) भनिने हाइब्रिड खालको स्वामित्वको माध्यमबाट गैरकृषि सहुलियत फैलियो । सहरतिर सुधार फैलिएसँगै राज्यका उद्योगहरूले थप एकाधिकार प्राप्त गरे र यसले उनीहरूलाई उद्यमी बन्न थप प्रेरित बनायो । लगानी गर्न र आर्थिक वद्घि बढाउन प्रान्त तथा स्थानीयहरूका लागि सहुलियत निर्माण गरिएको थियो । सन् १९९० दशकताका स्पेसल आर्थिक जोन (एसइजेडएस) को वृद्घिले चीनलाई विश्व अर्थतन्त्रमा समायोजन हुन निर्णायक भूमिका निर्वाह ग-यो ।
अर्थतन्त्रको बजार नेतृत्व र बाहिरी स्वतन्त्रता बढाउनु नै यस्ता सुधार गर्नुपछाडिको प्रमुख कारण हो । तर, अन्तर्राष्ट्रिय व्यापार र निजी लगानीमा चीनको हिस्सा बढे पनि यसमा राज्य क्षेत्रको हिस्सा भने तुलनात्मक खुम्चियो । यसो गर्दा अधिकारीहरूले आर्थिक व्यवस्थापनमा दृढता कायम राखेका छन् । आर्थिक विविधीकरण र पुनर्गठन शृंखलाबद्ध औद्योगिक नीतिका माध्यमबाट प्रवद्र्धन गरियो । विदेशी लगानीकर्तालाई घरेलु कम्पनीसँग संयुक्त उद्यममा आबद्ध हुन लगाइयो र स्थानीय इन्पुटको प्रयोग बढाउन लगाइयो । यसबाट विनिमय दर र अन्तर्राष्ट्रिय वित्तीय प्रवाह केही हदसम्म नियन्त्रित रह्यो ।
यी सबैको माध्यमबाट चिनियाँ नेतृत्वले कुनै पनि निर्देशिकाको पालना गरेन र आफ्नै मनमानी चलाइरह्यो । चिनियाँ आर्थिक सुधार न कम्युनिस्ट शिक्षा न त कुनै स्वतन्त्र बजार विश्वासबाट निर्देशित थियो । यदि नीतिनिर्माताहरूले कुनै एक महत्वपूर्ण सिद्धान्त अपनाउँछन् भने त्यसलाई पक्कै पनि ‘व्यावहारिक प्रयोगात्मकता’ भन्न सकिन्छ । यो डेङ्को लोकप्रिय भनाइ जस्तै हो । उनले भनेका छन्, ‘बिरालोको रङले कुनै पनि फरक पार्दैन, फरक उसले मुसो समात्न सक्यो कि सकेन भन्ने कुराले पार्छ ।’
चिनियाँ अनुभवको विलक्षणतालाई हेर्ने हो भने यसबाट के शिक्षा लिने भन्ने कुरामा ठूलो विवाद हुन सक्छ । अधिकांश पश्चिमा राष्ट्रमा बजारमाथिको निर्भरता र आर्थिक उदारीकरणका फाइदाहरू प्रस्तुत गर्न चीन सफल बनेको छ । यदि आज चीन आर्थिक बास्केट केस थियो भने चिनियाँ राज्यको लगातारको हस्तक्षेपको असफलतालाई श्रेय दिन उही आवाज सबैभन्दा पहिला अगाडि उठ्थे होलान् भन्ने मलाई शंका छ । तर, अन्यका लागि भने चीनले राज्य नेतृत्ववाला आर्थिक मोडलको अन्तर्निहित श्रेष्ठतालाई दर्शाएको छ । तैपनि दोहोरो ट्र्याक मूल्य वा आन्तरिक सामग्री आवश्यकता जस्ता अधिकांश समान नीतिहरू अन्य कुरामा भने असफल बनेका छन् ।
यस्ता विरोधी दृष्टिकोणलाई सुल्झाउन सकिन्छ । चीनले मुख्यधार अर्थतन्त्रका सिद्धान्तहरूको उल्लंघन गरेको छैन । बरु उसले जटिल राजनीतिक र आर्थिक क्षेत्रमा तिनको रचनात्मक प्रयोगलाई बढावा दिएको छ । दोहोरो ट्र्याक मूल्य निर्धारणले वित्तीय आम्दानी नघटाईकन नै मार्जिनमा रहेर बजार सहुलियत प्रदान गर्छ । सम्पत्ति अधिकार र सम्झौता कार्यान्वयनको ढाँचा कमजोर हुँदा हुँदै पनि टिभिइएसले निजी उद्यमशीलतालाई बढायो ।
संरक्षित राज्यनियन्त्रित उद्योगमा रोजगारी नघटाईकनै एसइजेडएसले निर्यात र विदेशी लगानी बढायो । औद्योगिक नीतिहरूले साना उद्योगहरूलाई सिकाइको अत्यधिक बहावलाई आत्मसात् गर्ने अनुमति दिन्छ । छोटो शब्दमा भन्नुपर्दा चीनले प्रयोगी अर्थतन्त्रको जितको प्रतिनिधित्व गर्छ, जसमा दोस्रो उत्कृष्ट रणनीति, बजार असफलता, सामान्य सन्तुलन र राजनीतिक अर्थतन्त्र इकन १०१ को साधारण तर्कमाथि हाबी बन्छ ।
चिनियाँ आर्थिक मोडलको सबैभन्दा ठूलो परीक्षा त आउन बाँकी नै छ होला । राष्ट्रको आर्थिक परिवर्तनमा चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक वर्चस्वले कहिले पनि प्रश्न उब्जाएको थिएन । तर, बाहिरबाट हेर्नेहरूले भने लगातार आर्थिक विकास भइरहे त्यसले बिस्तारै–बिस्तारै राजनीतिक उदारीकरण ल्याउँछ भन्ने अनुमान गरेका थिए । तर, राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनमा निश्चित रूपमा एक आधिकारिक मोड आएको छ । यो राजनीतिक स्वतन्त्रलाई थप कडा बनाइएका लाखौँ चिनियाँ नागरिकका लागि भने दुःखद समाचार हो ।
राजनीतिक दमन कम्तीमा पनि दुईवटा कारणले गर्दा अर्थतन्त्रका लागि पनि नराम्रो हुन सक्छ । पहिलो हो स्वतन्त्र रूपमा बोल्न पाउने अधिकार र क्षमताले कुनै थप क्षति हुनुअघि अधिकारीहरूका लागि नीतिगत परिवर्तन गर्न चेतावनी दिन सक्छ । दोस्रो हो, राजनीतिक प्रतिस्पर्धाले विरोधीलाई संस्थागत संयन्त्र प्रदान गर्छ नभए यो सडकमा आम्दोलनका रूपमा पोखिन र नागरिक अव्यवस्थामा यसले इन्धनको काम पनि गर्न सक्छ ।
चिनियाँ नेताहरूले यी दुवै प्रकारका समस्याको निवारण गर्न सकिन्छ भन्ने कुरामा बाजी थापिरहेजस्तो देखिन्छ । कुनै पनि प्रकारका असन्तोषप्रति आफूहरू उत्तरदायी रहन सक्ने उनीहरूको विश्वास छ । र, उनीहरूले फेसियल रिकग्निसन र अन्य नयाँ प्रविधि (जसको सेटअपमा उनीहरूले नेतृत्व गरिराखेका छन्) को माध्यमबाट सामाजिक नियन्त्रणलाई क्रियाशील बनाउन सक्ने आशा लिएका छन् ।
विकसित अर्थतन्त्र र बढ्दो मध्यम वर्गीयको माग पूरा गर्न राजनीतिक प्रतिस्पर्धा र स्वतन्त्रताबाट मात्रै सम्भव रहेको कुरामा सामाजिक वैज्ञानिकहरूको एकमत छ । चिनियाँ राजनीतिक नेताहरू विनाकुनै कारण शशंकित बनेका होइनन् । आज जब उनीहरू पश्चिमा राष्ट्रलाई हेर्छन् तब उनीहरूले सामञ्जस्य समावेशी समाजभन्दा लोकप्रियता, छरिएका र ‘डिम्यागोगोइरी’ समाज देख्छन् । उच्च आर्थिक वृद्घिलाई र प्राविधिक रूपमा सम्पन्न अर्थतन्त्रलाई सुदृढ अधिकारवादीसँग समायोजन गर्ने प्रयास सम्भवतः आजसम्मै उनीहरूको सबैभन्दा महत्वाकांक्षी प्रयोग हो ।
हार्वर्ड युनिभर्सिटीको जोन एफ केनेडी स्कुल अफ गभर्मेन्टमा अन्तर्राष्ट्रिय राजनीति अर्थका प्राध्यापक दानी रोड्रिक स्ट्रेट टक अन ट्रेडः आइडियाज फर अ सेन वल्र्ड इकोनोमीका लेखक पनि हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
https://ift.tt/o9QZHt
The post चीनको साहसी प्रयोग appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2rxH6om
No comments:
Post a Comment