सन्नी देवल भाजपामा प्रवेश, पञ्जाबबाट चुनाव लड्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 23, 2019

सन्नी देवल भाजपामा प्रवेश, पञ्जाबबाट चुनाव लड्ने

भारतमा लोकसभा चुनाव जारी रहँदा अभिनेताहरु नेता बन्ने सिलसिलालाई सन्नी देवलले निरन्तरता दिएका छन् । उनी मंगलबार औपचारिकरुपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे ।

दिल्लीमा आयोजिक एक कार्यक्रममा संघीय मन्त्री निर्मला सीतारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन ।

देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए । त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए । शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् ।

पञ्जावको लोकसभा चुनावमा भाजपाले शिरोमणी एकाली दलसित गठवन्धन गरेको छ । तीन लोकसभा सिटमध्ये ३ वटामा भाजापा उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।



from Online Khabar http://bit.ly/2XA2OpG

No comments:

Post a Comment

Post Bottom Ad

Pages