१० वैशाख, काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सोमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित ६९ करोड ४७ लाख ३८ हजार रूपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
सर्वसाधारण शेयरधनीहरूपनि कम्पनीमा जोडिएपछि कम्पनीमा थप जिम्मेबार बनेको बताउदै संचालक समिति अध्यक्ष सुरेन्द्र कुमार गोयलले आगामी दिनमा शेयरधनीहरूलाई निराश नपार्ने दाबी गरे । उनले भने, ‘अब हामी शेयरधनीलाई पनि बिश्वासमा लिएर अघि बढ्छौं । शेयरधनीलाई आगामी दिनमा लाभांश वितरण गर्दा हामी निराश पर्दैनौं ।’
यस्तै साधारण सभामा उद्योगको क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण, चुनढुङ्गा,खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्ने, थप क्षेत्रमा अन्वेषण गर्ने, जग्गा खरिद तथा वन कार्यालयलको नाममा सट्टा जग्गा उपलब्ध गराउनुपर्ने, जग्गाको हक हस्तान्तरण गर्न सञ्चालकलाइ समतिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
यसैगरि समान उदेश्य भएका अन्य कम्पनी प्राप्ती गर्ने वा अन्य कम्पनीह?को शेयर खरिद गरि उद्योग स्थापनाको कार्य गर्न तथा शेयरधनीको हितलाई ध्यानमा राख्दै अन्य कुनै परियोजनामा लगानी गर्ने सम्बन्धि सम्पुर्ण काम गर्नसक्ने गरि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट थप कर्जा लिनु परेको खण्डमा आवश्यकता अनुसार संचालक समितिले निर्णय गर्ने सकिनेछ ।
साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट अल्का गोयल ४ बर्षको लागि सञ्चालक सदस्यमा निर्बिरोध निर्वचित भएकी छिन् ।
from Online Khabar http://bit.ly/2ICL5dZ
No comments:
Post a Comment