पौडी खेल्ने क्रममा धादिङमा एकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 20, 2019

पौडी खेल्ने क्रममा धादिङमा एकको मृत्यु

६ जेठ, धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको छ ।

गल्छी गाउँपालिका-४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो ।



from Online Khabar http://bit.ly/2JvvQEe

No comments:

Post a Comment

Post Bottom Ad

Pages