नाैबिसेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 20, 2019

नाैबिसेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

६ वैशाख, धादिङ । धादिङको नौबिसेमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नंको मोटरसाइकललाई  अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका-१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।



from Online Khabar http://bit.ly/2LToQTv

No comments:

Post a Comment

Post Bottom Ad

Pages