खुमलटारमा प्रविधिमा आधारित राष्ट्रिय ज्ञानपार्क स्थापना गरिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

खुमलटारमा प्रविधिमा आधारित राष्ट्रिय ज्ञानपार्क स्थापना गरिने

काठमाडौं-सरकारले ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्न ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क स्थापना गर्ने भएको छ।

आर्थिक वर्ष २०७६-७७ को बजेट संघीय संसद्को संयुक्त बैठकमा बुधबार प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले लोकल्याणकारी विज्ञापन बापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशत वृद्धि गर्ने जानकारी दिए।

‘नेपाली पत्रकारितामा गुणस्तरीयता, व्यावसायिकता र स्वच्छ अभ्यासलाई प्रोत्साहन गर्न तथा पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्न बजेटको व्यवस्था गरेको छु’, उनले भने।

सरकारले आमसञ्चार क्षेत्रको गुणस्तरीय एवं सर्वसुलभ पहुँचका लागि आमसञ्चार ऐन तर्जुमा गर्ने भएको छ।त्यसैगरी रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण सम्पन्न गरी सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा कार्यक्रम सञ्चालन गरिनेछ। सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने कार्यक्रलाई निरन्तरता दिइने भएको छ।

सरकारले आगामी दुई वर्षभित्र देशभित्रै सुरक्षित छापाखना स्थापना गरी राहदानी, बैंक नोट, अन्तःशुल्क, स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपूर्जा र सार्वजनिक महत्वका पूर्वाधारको निर्माण प्रारम्भ गर्ने भएको छ।

‘सरकारी सेवामा प्रयोग हुने विद्युतीय सूचना र वितरण डिजास्टर रिकभरि केन्द्रमार्फत सुरक्षित गरिनेछ, विद्युतीय प्रणालीको विश्वसनीयता तथा तथ्याङ्कको सदुपयोग र गोपनीयतामा विशेष ध्यान दिइनेछ, साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न साइबर सुरक्षा प्रणाली सञ्चालनमा ल्याइने छ”, बजेट वक्तव्यमा भनिएको छ।

सरकारले फ्रिक्वेन्सी वितरण प्राणाली व्यवस्थित र पारदर्शी बनाउन राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण योजना र रणनीति तय गर्ने भएको छ। सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्‍न गरिने भएको छ।

त्यसैगरी सरकारले दूरसञ्चार पूर्वाधारमा रहेको दोहोरो लगानी कम गर्न पूर्वाधारको सहप्रयोग गरिने भएको छ। नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने कार्य शुरु गर्नुका साथै नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने कार्य शुरु गर्ने भएको छ।

हुलाक सेवालाई पुनःसंरचना गरी स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुका साथै महत्वपूर्ण सरकारी कागजात र कानूनी दस्तावेज हुलाकमार्फत प्राप्त हुने व्यवस्था गरिने भएको छ।

सरकारले आगामी वर्ष छायाङ्कनका लागि नेपाल कार्यक्रमको शुरुआत गर्नुका साथै काठमाडौँ उपत्यकामा अत्यधिक सुविधासम्पन्न स्टुडियो निर्माण कार्य प्रारम्भ गर्नुका साथै श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भएको छ।

डिजिटल नेपाल निर्माण गर्न नागरिक सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सार्वजनिक सेवालाई क्रमशः विद्युतीय माध्यमबाट उपलब्ध गराउने प्रणालीको विकास गर्नुका साथै सरकारले आगामी पाँच वर्षभित्र सम्भाव्य सबै नागरिक सेवा र सरकारी आर्थिक कारोवार विद्युतीय माध्यमबाट सम्पन्न गर्न डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ।

त्यसैगरी केन्द्रदेखि स्थानीय तहसम्म सर्वसाधारणले मोबाइल एप्सका माध्यमबाट सरल र सहजरुपमा सेवा, सूचना, जानकारी लिनसक्ने र आफ्ना गुनासा प्रकट गर्न सक्ने व्यवस्था गर्ने र ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्न ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापना गरिने भएको छ।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2EHN9xN

No comments:

Post a Comment

Post Bottom Ad

Pages