अब नेपालीको व्‍यक्तिगत विवरण एउटै कार्डमा, राहदानी पनि विद्युतीय - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

अब नेपालीको व्‍यक्तिगत विवरण एउटै कार्डमा, राहदानी पनि विद्युतीय

काठमाडौं-अब सबै नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्‍न नपर्ने गरी सरकारले विद्युतीय परिचपत्र वितरण गर्ने भएको छ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै नेपालीहरुको सम्पूर्ण सूचना र जानकारी एउटै परिचयपत्रभित्र समावेश गरी विद्युतीय परिचय पत्र (डिजिटल आइडी कार्ड) को व्‍यवस्था गरिने बताए।

साथै उनले वैदेशिक रोजगारिमा जाने कामदारहरुको लागि विद्युतीय राहदानीको समेत व्‍यवस्था गरिने बताए।

उनले भने, ‘आगामी वर्षभित्र सम्पूर्ण नेपालीहरुको परिचयातम्क जानकारी र विवरहरु एउटै कार्ड विद्युतीय परिचपत्रमा हुनेछ। हामीले यसको लागि काम सुरु गरिसकेका छौ। साथै विद्युतीय राहदानी पनि आगामी वर्षभित्र उपलब्ध गराउने छौ। ‘



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2XforvE

No comments:

Post a Comment

Post Bottom Ad

Pages