प्रेस स्वतन्त्रता विरोधीलाई पत्रकार महासंघको नेतृत्वमा ल्याउनुहुँदैनः गोविन्द आचार्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 25, 2019

प्रेस स्वतन्त्रता विरोधीलाई पत्रकार महासंघको नेतृत्वमा ल्याउनुहुँदैनः गोविन्द आचार्य

११ जेठ, काठमाडौं । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने आचार्यको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्यले भने, ‘अहिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा जो–जो लाग्दैनन् र विरोध गर्छन्, तिनलाई पत्रकार महासंघमा आगामी दिनमा कुनै पनि नेतृत्वमा ल्याउनुहुँदैन ।’

आचार्यले प्रतिप्रश्न गर्दै भने, ‘त्यस्ता पात्रहरु, अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरु पत्रकार महासंघको नेतृत्वमा आए भने पत्रकार महासंघ कस्तो होला ?’

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने आचार्यले दाबी गरे ।
कार्यक्रममा बोल्दै आचार्यले भने, ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन । केही समय बाधा व्यवधानहरु आउलान्, तर, हार्ने आन्दोलन, हार्ने इस्यु हामीले उठाएकै छैन । हामी जित्छौं । जसले यस्ताखालका कानूनहरु ल्याउँछन्, तिनीहरुचाहिँ हार्छन् । इतिहासले यही भन्छ ।’

पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मत रुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको आचार्यले बताए । महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु हुँदैन नभनेको बताउँदै आचार्यले काठमाडौंमा भन्दा बाहिरी जिल्लाहरुमा बढी पत्रकारको सहभागितामा आन्दोलन भइरहेको जानकारी दिए ।

सरकारले संसदमा विधेयक दर्दा गर्नु अगाडि नै आफूहरुले लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको आचार्यले जानकारी दिए । उनले भने, ‘संसदमा विधेयक लैजानुभन्दा पहिले नै लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र दिएर सरोकारवालासँग छलफल गर्न माग गरेका थियौं । तर, छलफल नगरी २६ गते संसदमा लगियो ।’

नेपाल पत्रकार महासंघले नागरिक अगुवा एवं मानवअधिकारकर्मीहरुसँग पनि छलफल गरेको आचार्यले बताए । विभिन्न पेशागत संगठनले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाएको बताउँदै आचार्यले भने, ‘०६२÷०६३ को जनआन्दोलनमा भूमिका खेलेका नागरिक समाजका अगुवा र मानवअधिकारर्मीको पनि हामीलाई समर्थन छ । सडकमै जानुपर्यो भने पनि अब हामी एक्लै हुँदैनौं ।

मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा यतिबेला नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा छ । महासंघको आन्दोलनमा सम्पादक समूहले पनि संयुक्त वक्तव्य जारी गर्दै ऐक्यवद्धता जनाएको छ ।’



from Online Khabar http://bit.ly/2JBDigV

No comments:

Post a Comment

Post Bottom Ad

Pages