‘माया बस्छ कि के हो’को घोषणा, सोनालसँग कस्मताको जोडी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

‘माया बस्छ कि के हो’को घोषणा, सोनालसँग कस्मताको जोडी

जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माया बस्छ कि के हो…को घोषणा भएको छ । शरद अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन असारको दोश्रो साताबाट सुरु हुनेछ ।

बहादुर सिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन् । आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगति रहने यो चलचित्रको छायांकन बेलायतमा हुनेछ ।

चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक दिपक अधिकारी हुन् । यो चलचित्रले यूवापुस्ताको प्रेमलाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले जानकारी दिए । प्रस्तुतकर्ता शरदले चलचित्र निर्माणमा फेरि आफू आएको भन्दै राम्रो कथामा चलचित्र बन्ने बताए ।

निर्देशकका अनुसार, चलचित्रको संवादले कलाकारको मनोवाद बोल्छ । नायक–नायिकामा नै माया बस्छ कि भन्ने सोच आउने भएकाले चलचित्रको नाम ‘माया बस्छ कि के हो…’ राखिएको हो ।



from Online Khabar http://bit.ly/2VKOwpT

No comments:

Post a Comment

Post Bottom Ad

Pages