रोज भन्छन्–‘पहिला निर्माता बचाऔं, अनी पारिश्रमिकको कुरा गरौंला’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

रोज भन्छन्–‘पहिला निर्माता बचाऔं, अनी पारिश्रमिकको कुरा गरौंला’

चलचित्र प्राविधिक संघले चलचित्र निर्माता संघलाई प्राविधिकहरुले काम गर्दा सिफ्ट सिस्टम लागू गर्ने तयारी गरिएको र यसमा सहयोग गर्न आग्रह गरेको थियो । प्राविधिकहरुलाई निश्चित समय भन्दा बढी समय काम लगाउँदा निर्माताले थप रकम दिनुपर्ने व्यवस्था प्राविधिक संघले गर्दैछ ।

तर, प्राविधिक संघको पत्रमा निर्माता संघले जवाफ फर्काउँदै पहिले निर्माता बचाउन आग्रह गरेको छ । आज आयोजित एक कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणाले भने–‘अहिले चलचित्रको छायांकनको अवस्था नाजुक छ । निर्माताहरु चलचित्र बनाउन नसक्ने अवस्थामा छन् । कलाकारको पारिश्रमिक सुनेर तर्सिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा निर्माता पहिले बचाउने कि आफ्नो माग राख्ने ?’

निर्माता संघले दिएको जानकारी अनुसार, अहिले ‘विस्तारै विस्तारै, नाई मलाई थाहा छैन, टुना मुना एमबीबीएस, संझना विर्सना, काँचुली, सम्हाली राख है, कबड्डी ३, बाह्र सत्ताइस, यो कस्तो माया, घामट शेरे, लाहुरेको सवारी’ लगायतको छायांकन भैरहेको छ । यो, गतबर्षको तुलानामा ३ प्रतिशत मात्र हो ।

रोजले भने–‘प्राविधिक संघले प्राविधिकहरुलाई सिफ्ट सिस्टममा काम गर्ने जानकारी गराएको थियो । हामीले, यसमा पहिला निर्माता बचाउन आग्रह गरेका छौ ।’ रोजले निर्माता बाँचे मात्र चलचित्र क्षेत्रमा अरु विधामा काम गर्ने चलचित्रकर्मी बाँच्ने बताए ।



from Online Khabar http://bit.ly/2HAipiO

No comments:

Post a Comment

Post Bottom Ad

Pages