बुटवल । गएराती पाल्पामा सडकमा खेलिरहेकी १६ महिनाकी एक बालिकाको जिपले किचेर मृत्यु भएको छ । निस्दी गाउँपालिका–१ डमरास्थित रीता पौड्यालकी १६ महिनाकी छोरी रितीका पौड्याललाई रामपुरबाट बाकमलाङ्गतर्फ जाँदै गरेको लु १ ज २४४४ नम्बरको जिपले सडक मै किचेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी निरीक्षक भुपालसिंह रानाको नेतृत्वको टोलीले तत्काल चालक र जिपलाई नियन्त्रणमा लिएको थियो ।
from रातोपाटी http://bit.ly/2Ev6GBi
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment