विश्वकप क्रिकेट : वेष्ट इन्डिज र श्रीलंका भिड्दै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, June 30, 2019

विश्वकप क्रिकेट : वेष्ट इन्डिज र श्रीलंका भिड्दै

१६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ ।

पाकिस्तान र इंग्ल्यान्डको आ-आफ्नो अन्तिम खेल बाँकी छ । पाकिस्तानले बंगलादेश र इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तो अवस्थामा इंग्ल्यान्ड र पाकिस्तान दुवैले हार ब्यहोरेमा र बंगलादेश पनि भारतविरुद्धको खेलमा पराजित भएमा श्रीलंकाको भाग्य चम्किने छ ।

तर यस्तो अवस्थामा श्रीलंकाले आफ्नो बाँकी सबै खेल भने जित्नु पर्ने हुन्छ । श्रीलंकाको आज वेष्ट इन्डिजपछिको खेल भारतसँग छ । त्यो खेलमा पनि चमत्कारी प्रदर्शन गर्दै श्रीलंकाले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने लक्ष्य पूरा हुन्छ । तर यो निकै कठिन यात्रा हो ।

यता, वेष्ट इन्डिज भने विश्वकपबाट बाहिरिसकेको छ । त्यसकारण आजको खेल उसको लागि प्रतिष्ठाको लागि मात्रै हुनेछ । सात खेलबाट एक खेलमा मात्रै जित हात पारेको वेष्ट इन्डिजले पाँच खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ३ अंक मात्रै जोडेको छ ।

यता, ६ अंक जोडेको श्रीलंकाले भने सात खेलबाट दुई खेलमा जित, दुई खेलमा पानीको कारण अंक बाँड्दै र तीन खेलमा हारेको छ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनिल एम्बरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, कसुन रजिथा, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना, जेफ्रिय भन्डर्सी ।



from Online Khabar https://ift.tt/31YMYbg

No comments:

Post a Comment

Post Bottom Ad

Pages