आजका पत्रपत्रिका : नेपालमै सम्भव छ दोस्रोपटक मिर्गौला प्रत्यारोपण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 19, 2019

आजका पत्रपत्रिका : नेपालमै सम्भव छ दोस्रोपटक मिर्गौला प्रत्यारोपण

४ मंसिर, काठमाडौं । बुधबार प्रकाशित सबै पत्रिकाहरुमा मन्त्रिपरिषद पुनर्गठनको समाचार प्राथमिकताका साथ छापिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण नेपालमै सम्भव रहेको, संवैधानिक परिषदसम्बन्धी ऐन आफूअनुकूल बनाउन सरकारले अध्यादेश ल्याउन लागेको लगायतका समाचार पनि छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन विदेश जाने चर्चा चलिरहेको बेला कान्तिपुर दैनिकले नेपालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण सम्भव रहेको समाचार छापेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका वरिष्ठ सहायक धर्मराज पौडेल र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालका छोरा २७ वर्षीय दिवस दाहालले नेपालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका हुन् । पौडेलले नौ वर्षअघि बीर अस्पतालमा र दाहालले आठ महिनाअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका हुन् ।

डा. पुकारचन्द्र भन्छन्- हाम्राे सफलता अन्तर्राष्ट्रियस्तरको छ

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण यहीँ गर्न सकिने बताएका छन् । उनले नै नेपालमा पहिलोपटक एकै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए । डा. श्रेष्ठले एकै व्यक्तिको दोस्रोपटक मिर्गौला प्रत्यारोपण नियमित रूपमै गराउँदै आएको बताए । यहाँको सफलताको दर अन्तर्राष्ट्रियस्तरको रहेको उनको भनाइ छ । श्रेष्ठले भनेका छन्– दोस्रोपटक मिर्गौला प्रत्यारोपण नेपालमै सम्भव छ । प्रधानमन्त्रीले इच्छा गर्नुभयो भने हामी प्रत्यारोपण गर्न तयार छौं ।’ यसका लागि पहिले चिकित्सकीय जाँच गर्नुपर्ने उनको भनाइ छ ।

कान्तिपुरमा संवैधानिक परिषदसम्बन्धी ऐन आफूअनुकूल बनाउन सरकारले अध्यादेश ल्याउन लागेको समाचार पनि छ । मंगलबारको मन्त्रिपरिषद बैठकले संवैधानिक पदहरुमा सहमतिको साटो बहुमतीय आधारबाट पनि नियुक्ति गर्न सकिने खुकुलो प्रावधान भएको अध्यादेश ल्याउने निर्णय गरेको समाचारमा उल्लेख छ ।

आजका कतिपय पत्रिकाहरुले अहिलेको मन्त्रिपरिषदबाट हट्न सक्ने र थपिन सक्नेहरुको नामावलीसहितको समाचार पनि छापेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले ५ देखि १० मन्त्री फेरिन लागेको समाचार छापेको छ । ‘कोको फालिँदैछन् ?’ सबटाइटलमा अन्नपूर्ण लेख्छ- मन्त्रिपरिषद हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा र खेलकुद मन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्री बिना मगर, भूमिसुधारमन्त्री पद्मा अर्याललाई हटाउन पनि छलफल भएको छ ।

राजधानी दैनिकले हटाइने सूचीमा रहेका र थपिने सूचीमा रहेकाहरुको नामावली प्रकाशित गरेको छ । राजधानी दैनिकले थपिने सूचीमा रहेका भनेर घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नि सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, उपसभामुख शिवमाया तुम्बाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ र हृदयश त्रिपाठीको नाम दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनमत संग्रह भएको पुष्टि’ शीर्षकको मुख्य समाचार छापेको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लिखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै वडामा जनमत संग्रह भएको तथ्यांक फेला परेको छ । विक्रम संवत् २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था ? भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ



from Online Khabar https://ift.tt/2QCM1Cb

No comments:

Post a Comment

Post Bottom Ad

Pages