मोटरसाइकल चोरीमा संलग्नको आरोपमा धनुषाबाट ७ पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 19, 2019

मोटरसाइकल चोरीमा संलग्नको आरोपमा धनुषाबाट ७ पक्राउ

४ मंसीर, जनकपुरधाम । नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको विशेष टोलीले  चाेरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

त्यस्तै, चोरीमा संलग्नको आशंकामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव छन् । त्यस्तै, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि मोटरसाइकलल चोरीको अभियोगमा पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ सातै जनामाथि अनुसन्धान थालिएको छ ।



from Online Khabar https://ift.tt/2pxHd5Y

No comments:

Post a Comment

Post Bottom Ad

Pages