हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी प्रतिष्ठित अनुसन्धानको सत्यतामा प्रश्न, फिर्ता लिइयो प्रतिवेदन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 4, 2020

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी प्रतिष्ठित अनुसन्धानको सत्यतामा प्रश्न, फिर्ता लिइयो प्रतिवेदन

कोरोना भाइरसका संक्रमितलाई हाइड्रोक्सिक्लोक्विन औषधि दिएर उपचार गरिएमा उनीहरुको मृत्यु हुने तथा मुटुको चाल अनियमित हुने जोखिम बढी हुने निष्कर्षसहितको प्रभावशाली वैज्ञानिक अनुसन्धान सम्बन्धी लेख फिर्ता लिइएको छ ।

द लान्सेट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनका तीन प्रमुख अनुसन्धानकर्ताले सो अनुसन्धानको सत्यता वा तथ्यबारे आफूहरुले ठोकुवाका साथ भन्न नसक्ने बताएका छन् ।

स्वास्थ्य सेवा सम्बन्धी अमेरिकी कम्पनी सरजिस्फेयरले तथ्यांकमा जालझेर गरेको उनीहरुले बताएका छन् । सरजिस्फेयरले तथ्यांकको स्वतन्त्र पुनरावलोकन गर्न दिएको छैन, सोही कारण आफूहरु अनुसन्धानको सत्यताको वकालत गर्न असमर्थ रहेको उनीहरुले बताएका छन् ।

सो अनुसन्धान प्रतिवेदन प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनले सावधानी स्वरुप हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण तत्कालका लागि रोकेको थियो । तर आफ्ना विज्ञहरुको सुझावपछि डब्लुएचओले पुनः अनुसन्धान थालेको छ ।

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको थियो ।

प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो । यो औषधिको प्रयोगबाट मुटु सम्बन्धी समस्या उत्पन्न हुने र बिरामीको मृत्युको जोखिम झन बढ्ने पछिल्लो विस्तृत अध्ययनमा देखिएको थियो ।

सोही अनुसन्धान प्रतिवेदन तथ्यांकलाई लिएर अहिले फिर्ता लिइएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । यहाँसम्म कि उनी आफैले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन खाएको पनि बताएका थिए ।

कुनै पनि वैज्ञानिक प्रमाण र स्वास्थ्य विज्ञको सिफारिस बिना नै उनले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसविरुद्धको औषधिका रुपमा सुझ्याउँदै आएका हुन् । अहिलेसम्म कुनै पनि अनुसन्धानले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने प्रमाण भेट्टाएका छैनन् । स्वास्थ्य विज्ञले पनि यसको प्रयोगलाई लिएर गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।

हाइड्रोक्सिक्लोरोक्वीन मलेरियासहित लुपस र आथ्र्राइटिसमा प्रभावकारी हुन्छ, तर कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि यो उपयुक्त हुने प्रमाण फेला परेको छैन ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/372jxrD

No comments:

Post a Comment

Post Bottom Ad

Pages