मोदीको आह्वान– आर्थिक वृद्धिदर बढाएर भारतको दशक बनाऔं - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 19, 2020

मोदीको आह्वान– आर्थिक वृद्धिदर बढाएर भारतको दशक बनाऔं

४ कात्तिक, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सबै क्षेत्रको विकास गर्दै आर्थिक वृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान गरेका छन् । देशको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा उनले जोड दिएका छन् ।

‘पछिल्लो ६–७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्डयन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ,’ मैसुरु विश्वविद्यालयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत् सम्वोधन गर्दै मोदीले भने, ‘यी सबै क्षेत्रले देशको आर्थिक वृद्धिका लागि सहयोग गर्न आवश्यक छ ।’

प्रधानमन्त्री मोदीले युवाहरुले सबै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

‘यस दशकमा हामीले देशको सबै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ,’ मोदीले भने ।

उनले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरो र त्यसले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । सबै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकार सँगसगै रहेको पनि उनले बताए ।
देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सिप, पुनर्सिप र सिपको वृद्धिमा जोड दिनुपर्ने मोदीको धारणा छ ।



from Online Khabar https://ift.tt/3dIL4ly

No comments:

Post a Comment

Post Bottom Ad

Pages