पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई कोरोना अस्पताल बनायो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 19, 2020

पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई कोरोना अस्पताल बनायो

४ कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई नै कोरोना विशेष अस्थायी अस्पतालमा रुपान्तरण गरेको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार त्यहाँ झण्डै पाँच सय विरामीलाई कोठा पुग्ने कोठा छन् । कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

‘देशमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या अत्यन्त छिटोछिटो वृद्धि भइरहेको छ, ती सवैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागेका हौं,’ प्रवक्ता मुलरले भने ।

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्नेबारे अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ ।

अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता छ । युरो २०१२ फुटबल च्याम्पियनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो । त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

गत बसन्तमा पश्चिमी अन्य युरोपेली देशहरुको तुलनामा पोल्याण्डमा कोरोना भाइरसको महामारीको असर कम देखिएको थियो । तर अहिले भने घातक रुपमा महामारी फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

तीन करोड ८० लाख जनसंख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुनसक्ने बताइएको छ ।

पछिल्लो दिनमा पोल्याण्डका ३६ हजार जनाको कारोना परीक्षण गरिएको छ । कुल परीक्षण गरिएकामध्ये झण्डै २१ प्रतिशतमा संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।



from Online Khabar https://ift.tt/31q8UgV

No comments:

Post a Comment

Post Bottom Ad

Pages