गुगलविरुद्ध अमेरिकी सरकारले दायर गर्‍याे मुद्दा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 20, 2020

गुगलविरुद्ध अमेरिकी सरकारले दायर गर्‍याे मुद्दा

इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध अमेरिका सरकारले मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिका सरकारले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।

गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप उजुरीमा छ।

अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो।

एक वर्ष भन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध उसले अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर भएको हो ।

गुगलले मुद्दालाई गम्भीर रुपले त्रुटीपूर्ण भनेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ ।

गुगलले भनेको छ, ‘मानिसहरुले गुगलको प्रयोग आफ्नो रोजाइका कारण गर्छन्, न कि बाध्य पारिएका कारण वा अरु विकल्प नभेट्टाएका कारण ।’

गुगलका प्रमुख सुन्दर पिचाइ।

अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा दायर गरेको मुद्दामा गुगलले रहेक वर्ष अर्बौँ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोनसहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा द्वारपाल (गेटकिपर) को जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको छ ।

इन्टरनेट मार्फत हुने खोजीमा हुनु पर्ने प्रतिस्पर्धा खारेज गर्ने काममा गुगल सक्रिय रहेको आरोप छ । एकाधिकार अन्त्य गरी खोजीको गुणस्तर बढाउने तथा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको सुनिश्चितता गर्नु पर्ने मुद्दामा माग गरिएको छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/3m5OBx1

No comments:

Post a Comment

Post Bottom Ad

Pages