चीनमा विकास भएको कोरोना भाइरसविरुद्धकाे खोप प्रयोग गर्ने ब्राजिलको योजना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 20, 2020

चीनमा विकास भएको कोरोना भाइरसविरुद्धकाे खोप प्रयोग गर्ने ब्राजिलको योजना

कोरोना भाइरसको महामारीका कारण सबै भन्दा बढी प्रभावित हुने मध्येको एक दक्षिण अमेरिकी देश ब्राजिलले चीनमा विकास गरिएको खोपको प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

ब्राजिलले नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको सरकारी अधिकारीले बताएका हुन् ।

साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकार चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप कोरोनाभ्याक किन्ने सहमति गरेको बताएका छन् । उनका अनुसार संघीय सरकार सो खोपका चार करोड ६० लाख डोज किन्न सहमत भएको हो ।

इम्युनाइजेसन कार्यक्रम आउँदो जनवरीमा सुरु हुने डोरियाले बताएका छन् । महामारी विरुद्ध खोप लगाएर व्यक्तिलाई इम्युनाइज गर्ने यो विश्वको पहिलो कार्यक्रम हुने उनको दाबी छ ।

ब्राजिलमा अहिलेसम्म झण्डै ५३ लाख मानिस संक्रमित भएका छन् भने कोभिड–१९ का कारण करिब एक लाख ५५ हजारको ज्यान गएको छ ।

चिनियाँ कम्पनी सिनोभाक बायोटेकले विकास गरेको कोरोनाभ्याकको प्रयोगका लागि ब्राजिलमा प्रयोगका लागि त्यहाँको स्वास्थ्य नियामक निकायको स्वीकृति चाहिन्छ । चिनियाँ खोपको ब्राजिलमा पनि परीक्षण भइरहेको छ ।

ब्राजिलले बेलायतको अक्सोफोर्ड विश्व विद्यालयले औषधि निर्माता कम्पनी एस्टा्जेनेकासँगको सहकार्यमा विकास गरेको खोप पनि इम्युनाइजेसन कार्यक्रममा प्रयोग गर्ने योजना बनाएको छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/35hkITM

No comments:

Post a Comment

Post Bottom Ad

Pages