बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 5, 2020

बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

२० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।

यो पनि पढ्नुहोस कोरोनाबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु

from Online Khabar https://ift.tt/2GkGL3C

No comments:

Post a Comment

Post Bottom Ad

Pages