नाजिर र निता उत्कृष्ट अभिनेता अभिनेत्री - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

नाजिर र निता उत्कृष्ट अभिनेता अभिनेत्री

राजधानी समाचारदाता/काठमाडौं।

तेस्रो संस्करणको ‘एलजी सिने सर्कल अवार्ड–२०७५’ मा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘तिमी सँग’बाट नाजिर हुसेनले हाँसिल गरेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘पञ्चायत’बाट अभिनेत्री निता ढुँगानाले जितिन् । वर्षको प्रसँसनीय चलचित्रको अवार्ड पनि चलचित्र पञ्चायतले नै पायो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुुख आतिथ्य तथा भारतीय अभिनेता गोविन्दा आहुजाको विशेष आतिथ्यमा आईतबार राजधानीको राष्ट्रिय सभागृहमा सिनेसर्कल नेपालले यो अवार्ड आयोजना गरेको हो ।

समारोहमा उत्कृष्ट फिल्मको अवार्ड चलचित्र तिमी सँगलाई प्रदान गरियो । यही चलचित्रबाट शिरिर राणा, शुशिल क्षत्री, सुमन उप्रेतीलाई उत्कृष्ट पटकथाको अवार्ड दिईयो ।

उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘भुईँमान्छे’बाट नवराज बुढाथोकीले जिते । भुइँमान्छेबाटै उत्कृष्ट छायाँकारको अवार्ड बिदूर पाण्डेले प्राप्त गरे ।

विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको यो समारोहमा पपुलर अभिनेताको अवार्ड चलचित्र ‘लिली विली’बाट प्रदीप खड्काले हाँसिल गरे । यस्तै पपुलर अभिनेत्रीको अवार्ड चलचित्र ‘शत्रुगते’बाट अभिनेत्री प्रियँका कार्कीले पाईन् ।

संगीत तर्फको अवार्डमा उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट भन्छु आज…गीतका लागि अर्जुन पोखरेलले प्राप्त गरे ।

उत्कृष्ट चलचित्र गीत गायकको अवार्ड पनि यही भन्छु आज…बाटै सुगम पोखरेलले हाँसिल गरे । उत्कृष्ट गायिकाको अवार्ड चलचित्र ‘२ रुपैयाँ’को कुटुमा कुटुबाट मेलिनाई राईजे प्राप्त गरिन् । वर्षको सबैभन्दा लोकप्रिय गीतको अवार्ड पनि कुटुमा कुटुबाट राजनराज शिवाकोटीले हाँसिल गरे । यही गीतको नृत्यबाट कविराज गहतराजले उत्कृष्ट कोरियोग्राफरको अवार्ड चुमे ।

कार्यक्रममा क्रिटिक्स अवार्ड चलचित्र मँगलम्बाट अभिनेता पुष्पल खडेकालाई प्रदान गरियो । यस्तै पर्दाका उत्कृष्ट जोडीको अवार्ड चलचित्र ऐश्वर्याबाट अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाईंको जोडीले पायो ।

 अन्य विधा तर्फको अवार्डमा उत्कृष्ट सम्पादकको अवार्ड चलचित्र शत्रुगतेबाट मित्रदेव गुरुङले प्राप्त गरे भने उत्कृष्ट द्धन्द्ध निर्देशनको अवार्ड चलचित्र कृबाट चन्द्र पन्तले प्राप्त गरे । कृबाटै यसका निर्देशक सुरेन्द्र पौडेलले वर्षको उत्कृष्त ट्रेलरको अवार्ड चुमे ।

उत्कृष्ट पाश्र्व संगीतको अवार्ड चलचित्र लिली बिलीबाट एलिश कार्कीले, उत्कृष्ट पोष्टर डिजाईनको अवार्ड फिल्म शुत्रगतेको पोष्टर डिजाईनबाट शान थापा र विजय बस्यालले पाए । यस्तै उत्कृष्ट इन्स्टन्टमेनको अवार्ड चलचित्र पिँजडा व्याक अगेनबाट कलाकार सिम्पसन तामाङले, उत्कष्ट भिएफएसको अवार्ड चलचित्र माई लभबाट जापानी नागरिक माओत्सुमु मिकामीले हाँसिल गरे ।

मृगौला प्रत्यारोपनपछि हाल उपचारमै रहेको चलचित्र निर्देशक किशोर राणालाई कार्यक्रममा ५१ हजार रुपैयाँ सहितको लाईफ टाईभ एचिभमेन्ट अवार्डबाट सम्मान गरियो । उनले बिगत चार दशकदेखि चलचित्र क्षेत्रमा निर्देशकको रुपमा निरन्तर पु¥याउँदै आएको योगदानको कदरस्वरुप यो सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष दिनेश डिसीले बताए ।

अवार्ड समारोहमा बोल्दै अभिनेता गोविन्दाले आफु पहिलो चलचित्रबाटै हिट भएको र एकै वर्षमा ७५ ओटा फिल्ममा अनुबन्धित भएको अनुभव सुनाए । नेपाल आफ्नो ससुराली भएको र यहाँ आउँदासँधै सम्मान एवम् मायाँ पाउने गरेको उनले बताए । नेपाली चलचित्र क्षेत्रको प्रगतिको कामना गर्दै यहाँ निकै राम्रा कलाकार भएको बताए ।

चौधरी गु्रपका निर्देशक बरुण चौधरीले नेपाली चलचित्र निकै राम्रा निर्माण हुन थालेको छ भने ।  वर्षमा एक सय भन्दा बढी चलचित्र यहाँ बन्न थालेकाले आफुहरुले यस क्षेत्रलाई अझ प्रोत्साहित गर्न यो अवार्ड आयोजना गर्दै आएको बरुणले बताए ।

 



from Rajdhani Daily https://ift.tt/2xp1Zot

No comments:

Post a Comment

Post Bottom Ad

Pages