निर्माणमा रेडक्रसको प्रतिवद्धता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

निर्माणमा रेडक्रसको प्रतिवद्धता

काठमाडौं/रास– नेपालमा सञ्चालित मानवीय सेवाका गतिविधिलाई प्रभावकारी बनाउँदै उत्थानशील समुदाय निर्माण गर्न रेडक्रस अभियानका साझेदारीको नयाँ ढाँचामा सहमत भएका छन् ।  नेपाल रेडक्रस सोसाइटी, अन्तराष्ट्रिय महासघ र आइसी आरसीको सयुक्त आयोजनामा दुइदिने रेडक्रसको साझेदारी वैठकले नेपालमा समन्वयात्मक र प्रभावकारी सहयोगको लागि साझा नेतृत्वको अवधारणा अघि सारेको हो ।

देश भरका विभिन्न रेडक्रस सोसाइटीहरुले नेपालमा उत्थानशीलता, लैँगिक समानता, पूर्वतयारी, नगद सहयोग, स्वास्थ्य र जवाफदेहिता जस्ता क्षेत्रमा सहयोग अभिबृद्धि जनाएको छ । नेरेसोका अध्यक्ष सञ्जीव थापाले नेपाल रेडक्रसको सातौँ विकास योजनाका प्राथमिकता क्षेत्रमा सहयोेग गर्न र दीगो विकासका लक्ष्य हासिल गर्न नेपाल रेडक्रसले साझेदारबाट पाएको सहयोग  सह्रानीय रहेको बताए । कार्यक्रमको अष्ट्रेलिया, अमेरिका, वेलायत, कोरिया, स्वीजरल्याण्ड, बेल्जियम, क्यानडा, डेनमार्क, फिनल्याण्ड, जापान, थाइल्याण्ड लगायतका मुलुकका रेडक्रसका प्रतिनिधिले नेपालमा रेडक्रसको सँस्थागत विकास र सामुदायिक सहयोगमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

दुई दिने वैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, सँयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको थियो ।

 



from Rajdhani Daily https://ift.tt/2OEBJ0s

No comments:

Post a Comment

Post Bottom Ad

Pages