शिवराजमा पूर्ण भर्ना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

शिवराजमा पूर्ण भर्ना

राजधानी संवादाता/कपिलवस्तु ।

शिवराज नगरपालिकामा ५–१२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । शिवराज नगरपालिकाले पूर्ण भर्ना नगरपालिका घोषणा गर्दै सबै बालबालिका विद्यालयमा भर्ना भएको जनाएको हो ।

नगरपालिकाभित्रका सबै वडामा ५–१२ वर्ष उमेर समूहका बालबालिका विद्यालयमा भर्ना भएपछि  नगर प्रमुख नेत्रराज अधिकारीले पूर्ण भर्ना घोषणा गरेका थिए । नगरमा रहेका ६२ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विद्यालयमा विद्यार्थी भर्ना भएको  आयोजित कार्यक्रममा जानकारी गराइएको थियो । यसका लागि नगरपालिका, विभिन्न सामाजिक संघसंस्था, विद्यालयले लामो समयदेखि घरदैलो अभियान, अभिभावक सचेतना कार्यक्रम, शिक्षाको महŒवको विषयमा नियमित छलफल तथा कार्यक्रम सञ्चालन गरी विद्यालयमा ५१ जना नयाँ विद्यार्थीलाई भर्ना गराई पूर्ण भर्ना घोषणा गर्न सफल भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण विकले बताए  । सो अवसरमा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरपालिकालाई समृद्ध बनाउने एउटा सफलता पाएको बताउँदै अहिलेको समयमा शिक्षा मुख्य आवश्यकता रहेकाले सम्पूर्ण नगरवासी साक्षर हुनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकामा रहेका ११ वटा वडाका ६ हजार ७७० बालिका र ६ हजार ६५५ बालक विद्यालयमा भर्ना भएका छन् ।



from Rajdhani Daily https://ift.tt/2O0IBYY

No comments:

Post a Comment

Post Bottom Ad

Pages