संविधान दिवस, जुम्लामा कर्मचारी मात्रै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

संविधान दिवस, जुम्लामा कर्मचारी मात्रै

राजधानी संवाददाता/जुम्ला।

जुम्लावासीलाई असोजमा कामको चटारो छ । जुम्लामा यतिखेर स्याउ  भिœयाउने, घाँस काट्ने, सिमी संकलन गरिन्छ । कामको चटारोकै कारण सर्वसाधारण संविधान दिवस मनाउन आएनन् ।

सदरमुकाम खलंगामा सीमित राजनीतिज्ञ, सरकारी कार्यालयका प्रमुख र केही पत्रकारको उपस्थितिमा दिवस मनाइयो । कार्यक्रमा बोल्दै जिल्ला अदालत जुम्लाका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंगनीले नेपालको संविधान २०७२ उत्कृष्टभित्रको उत्कृष्ट संविधान रहेको बताए । संविधानको व्याख्या गर्ने अधिकार प्राप्त न्यायालयका न्यायाधीशले संविधान कार्यान्वयन प्रक्रियामा दाबी विरोध आए पनि यस संविधानले प्रत्याभूति गरेका हक अधिकारहरू नाजायज नभएको टिप्पणी गरे । संविधानमा उल्लेख भएका हकअधिकार अक्षरशः पालन गर्न सकेको खण्डमा नेपाल समृद्ध हुनेको उनको भनाइ थियो ।

संविधान दिवस कार्यक्रमा बोल्दै पूर्वराज्यमन्त्री गोमा कुँवरले अहिलेको संविधान विगतका संविधानभन्दा उत्कृष्ट रहेको बताइन् । पूर्वसांसद दिल्लीप्रसाद काफ्लेले संविधान राम्रो भएर नहुने भन्दै भएका ऐनकानुन, हक अधिकार पालन गर्न सकेको खण्डमा आमनागरिकलाई न्याय प्राप्तिको अनुभूति हुने बताए । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललगायतले नेपालको वर्तमान संविधान उत्कृष्ट भएको बताएका छन् । संविधान दिवसका अवसरमा जुम्लामा दीपावलीसँगै ¥यालीसमेत निकालिएको थियो ।

राजपाको विरोध

जुम्लामा राजपा जुम्लाले नेपालको सविंधान २०७२ जनताको पक्षमा नरहेको भन्दै विरोध जनाएको छ । सत्तापक्ष र विपक्ष दलले उल्लासका साथ दिवस मनाए पनि राजपाले भने सविंधानको विरोध गरेको हो । राजपाले  खलंगामा पर्चा र पम्पेट टाँसेर विरोध जनाएको छ । नेपालको सविंधान जनहित विपरीत छ, हामी यसलाई स्वीकार गर्दैनांै, सविधांन सशोधन गर, पिछडिएका वर्ग र समुदायलाई समेट भन्दै  विरोध गरिएको हो । राजपा जुम्लाका अध्यक्ष विष्णुबहादुर भण्डारीले नेपालको सविंधान आमनेपालीको पक्षमा नहरेको दाबी गरे ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MKu3rW

No comments:

Post a Comment

Post Bottom Ad

Pages