सूर्योदय लघुवित्त कम्पनिले ४५ प्रतिशत लाभांश दिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

सूर्योदय लघुवित्त कम्पनिले ४५ प्रतिशत लाभांश दिने

राजधानी समाचारदाता, काठमाडौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँको ४२.७५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिन लागेको हो । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने सूर्योदयले जनाएको छ ।

गत वर्ष सूर्योदयले १९ प्रतिशत बोनस र १५ नगद लाभांश मात्र दिएको थियो । अहिले घोषणा गरेको ४२.२५ प्रतिशत बोनसपछि यस लघुवित्तको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा यसले १ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सूर्योदयको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ५ पैसा रहेको छ ।



from Rajdhani Daily https://ift.tt/2CZUMRC

No comments:

Post a Comment

Post Bottom Ad

Pages